लुम्बिनी

बेलहिया नाकाबाट ६ सय नेपाली आए



भैरहवा ९ जेठ । नेपाल प्रबेशमा सहज बनाएपछि रुपन्देही नाका भएर आउने नेपालीको संङ्ख्या ह्वात्तै बढेको छ ।आज मात्र अर्घाखाँचीका एक सय ५०, पाल्पाका ५१ तथा अन्य ५२ जिल्लाका करिब ६ सय जना नेपाल प्रबेश गरेका छन् । भारतको सुनौली बजारमा नेपाली आउने क्रम बढेपछि रुपन्देही प्रशासनले हरेक दिन नेपालीहरुलाई नेपाल प्रबेश गराउन थालेको हो । यस अघि नाकामा आउने नेपालीलाई भारतकै क्वारेण्टिनमै राखिन्थ्यो र अवधी सकिएपछि नेपाल ल्याउने गरिएको थियो । आउने संख्या बढेकाले अहिले क्वारेण्टिनमा नराखि सिधै नेपाल प्रबेशको अनुमति दिइएको छ । 

            मान्छेको बिवरण राखेर उनीहरुलाई प्रबेशको अनुमति दिइएको छ ।गएको एक हप्तामा बेलहिया नाका भएर एक हजार नौ सय आठ जना नेपाली नेपाल प्रबेश गरेका छन् । नजिकका जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पाका स्थानिय तहहरुले आफ्ना नागरिक लिन बस पठाउने गरेका छन् । उनीहरुलाई सम्बन्धित जिल्लाकै क्वारेण्टिनमा राख्ने गरेको छ । पूर्व मेची देखी महाकालीकै जिल्लाका नागरिकहरु भएकाले त्यस्तालाई अहिले रुपन्देहीकै क्वारेण्टिनमा राखिएको छ । अझै भारतको क्वारेण्टिन र खुल्ला ठाउँमा बसेका नेपालीको संख्या एक हजार बढी छ । यो संख्या हरेक दिन बढदो छ । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६