लुम्बिनी

थपियो बुटवलमा ५० वेडको आइसोलेसन



बुटवल, ९ जेठ । कोरोना संक्रमित बिरामीको उपचारका लागि बुटवलमा ५० वेडको थप आइसोलेसन सेन्टर निर्माण भएको छ ।बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल नगरपालिकाका ११ देवीनगरमा रहेको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर बनाइएको हो ।एन्फा एकेडेमीको भवन उपयुक्त देखिएको हँुदा त्यसलाई आइसोलेसन सेन्टर बनाइएको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जानकारी दिनुभयो ।

        उहाँले अबको दुई तीन दिनमा आइसोलेसन संचालनमा आउने जानकारी दिनुभयो । सुवेदीका अनुसार कोरोना परिक्षणमा पोजेटिभ देखिएका बिरामीहरुलाई उक्त सेन्टरमा राखिनेछ । खुल्ला खेल मैदान भएका कारण पनि उक्त ठाउँ सामाजिक दुरी कायम गरेर हिडडुल गर्न र योगा तथा व्यायाम गर्नका लागि निकै उपयोगी हुने ठानिएको छ ।अव बुटवल उपमहानगरपालिकाले वडा स्तरमा सामुदायिक क्वारेन्टाइनको मोडेलमा काम अघि बढाउन लागेको सुवेदीले बताउनु भयो । त्यसरी स्थापना हुने क्वारेन्टाइन, वडा, समुदाय र सम्बन्धित घर परिवारको संयुक्त व्यवस्थापनमा हुने उहाँको भनाई छ । 

        बुटवल नगरपालिकाको ठेगाना भएर आउनेलाई ति सामुदायिक क्वारेन्टाइनमा राखिने नगरप्रमुख सुवेदीले बताउनु भयो । बुटवल धागो कारखानामा पनि आइसियू सहितको बिशेष कोरोना अस्पताल संचालनमा छ । त्यसैगरी बुटवलको तामनगरमा रहेको कोरियन टेक्निकल इनिष्टिच्यूट १५० बेड र कान्तिमा माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा १५० बेडको व्यवस्था नगरपालिकाले गरिसकेको छ ।

        ति दुई क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई योगा अभ्यास शुरु गरिसकिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताउनु भयो । बुटवल धागो कारखानामा पनि आइसियू सहितको बिशेष कोरोना अस्पताल ३८ आइसोालेशन ८ वटा आइसियू संचालनमा छ । 

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६