अन्तर्राष्ट्रिय

कोरोनाभाइरसले अर्थतन्त्रमा यसकारण १० वर्ष असर गर्ने प्रसिद्ध अर्थशास्त्रीको भनाइ, होला विश्व विभाजन ?



वि.वि.सि. । एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन्। दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन्।

            यसवर्ष कोरोनाभाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उनको भनाइ छ। अभूतपूर्वू आर्थिक मन्दीको चेतावनी दिएका प्राध्यापक रुबिनि सन् २००८ को वित्तीय सङ्कटका बारेमा अरूभन्दा पहिले गरेको अनुमानका लागि चर्चित छन्।

            सन् २००८ को सङ्कटका समयमा करिब तीन वर्ष लागेको थियो, उनले बीबीसीको टकिङ एशिया कार्यक्रमा न्यूयोर्कस्थित आवासबाट भने। तर यो पटक तीन वर्ष लागेन, तीन महिना पनि लागेन। तीन हप्तामै सबै ध्वस्त भयो। प्राध्यापक रुबिनिले यसबाट फर्कन अर्थतन्त्र यु आकारको हुने बताए। यसको अर्थ आर्थिक वृद्धि शून्यमा पुगेर लामो समयपछि माथि उक्लन थाल्नु हो। उनले अझ त्यो एल आकारको हुनसक्ने बताए जसको अर्थ शून्यको नजिक लामो समयसम्म रहन सक्छ। यसको कारण धनी र गरिब सबै देशहरूमा कोरोनाभाइरसका कारण गुमेको रोजगारी हो।

            गुमेका यी रोजगारीहरू आंशिक रूपमा मात्र फर्कन्छन् एवम् कम तलब र आंशिक रोजगारीका रूपमा बिस्तारै आउँछन्, उनले भने।औसत व्यक्तिका लागि आम्दानी र ज्याला अझै कम हुनेछ। अर्थतन्त्र माथि कसरी जान्छ ? तपाईँले पसल र व्यवसाय खोल्न सक्नुहुनेछ तर के तिनीहरूको व्यापार फिर्ता आउँछ भन्ने प्रश्न हो, रुबिनि भन्छन्। चीनमा अधिकांश पसलहरू अझै खाली छन्। आधा उडानहरू छैनन्। जर्मनीमा पसलहरू खुल्ला छन् तर को किन्न जान चाहन्छ ? एशियाले भने अन्य उन्नत अर्थतन्त्रहरू भन्दा राम्रो वृद्धि देख्ने उनको भनाइ छ। तर अमेरिका र चीनबीच ठूलो विभाजन हुने र धेरै एशियाली देशहरू दुई महाशक्तिबीच एकको पक्षमा लाग्न बाध्य हुने उनको अनुमान छ। उनीहरूले अन्य देशले कि हामीसँग कि हाम्रोविरूद्ध भन्ने छन्, प्राध्यापक रुबिनि भन्छन्। त्यसैले संसार अझ विभाजित हुनेछ।

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६