लुम्बिनी

नरैनापुरमा निषेधाज्ञाः सेना परिचालन



बाँके, ११ जेठ ।  बाँकेको नरैनापुर गाउँपालिकामा आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । 

            निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको  छ । नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्पmत प्रदेश नं ५ सरकार, संघीय सरकार र सरोकार निकायसँग सहयोग मागेको थियो ।  ‘क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले बाँके प्रशासनमार्फत सङ्घीय र  प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेका हौँ’, गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले भन्नुभयो । गाउँपालिकाको मागअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रजिअ खड्काले बताउनुभयो ।  

            पछिल्लो तथ्यांकानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये एकको मृत्यु भइसकेको छ । गाउँपालिकाको वडा नं ५ मा मात्र ६२  सङ्क्रमित छन् । नरैनापुरमा १४ क्वारेन्टिनमा अहिले ६२६ जनालाई राखिएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको अहिले नेपालगञ्ज, कोहलपुर र खजुरास्थित आइसोलेशन कक्षमा उपचार भइरहेको छ । (रासस)

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६