लुम्बिनी

बन्द उद्योग चलाउन व्यवसायीले गरे छुटको माग



बुटवल, ११ जेठ । रुपन्देही उद्योग संघले लकडाउनका कारण वन्द भएका उद्योगहरु चलाउन सरकारले लकडाउन अवधीको व्याजदरमा ५० प्रतिशत छुट दिन माग गरेको छ । संघले ब्याजलाई किस्तावन्दीमा विलम्व शुल्क र थप ब्याज नलाग्ने गरी लक डाउन खुलेको ६ महिना भित्रमा तिर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।  

संघले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उद्योगहरुले लिएको आवधिक कर्जाको किस्ता भुक्तान गर्ने समय लकडाउन समाप्तिको एक बर्ष पछि सारिनु पर्ने, लकडाउनले प्रभावित उद्योगहरुको बर्गीकरण गरी कम्तिमा तीन बर्षका लागि दुई प्रतिशत ब्याजदरमा पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने माग गरेको छ । 

संघका अध्यक्ष बाबुराम बोहराद्वारा जारी विज्ञप्तीमा उद्योगहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको जम्मा कर्जामा सोही धितो सुरक्षण रहने गरी कम्तिमा २५ प्रतिशत बृद्धि गरी थप कर्जा दिने व्यवस्था मिलाउनुपर्ने र विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै उत्पादशील क्षेत्रमा लाग्न प्रोत्साहन गर्न न्यूनतम ब्याजदरमा (प्रोजेक्ट बेस) कर्जाको ब्यवस्था गर्न पनि सरकारसंग माग गरिएको उल्लेख छ । 

कोरोना भाइरसको प्रभाव हरेक तह र क्षेत्रमा परेकाले सबै क्षेत्रमा प्रवाह भएको कर्जाको व्याजदर बढिमा ७ प्रतिशत भन्दा बढि नहुने ब्यवस्था मिलाइनुपर्ने तथा उद्योगहरुले उपभोग गरिरहेको बिद्युतमा लकडाउन अवधीभरिको डिमाण्ड चार्ज शत प्रतिशत छुट गरिनुपर्ने र तीन बर्षका लागि विद्युत महसुल दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ । 

त्यसैगरी संघले स्थानीय तह र विभिन्न सरकारी निकायहरुले लिने उद्योग नविकरण लगायतका शुल्कहरुमा एक बर्षका लागि छुट गरिनुपर्ने, कृषि, पर्यटन र उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गरिनुपर्ने, सरल कर्जा र न्यूनतम ब्याजदर (५ प्रतिशत भन्दा बढि नहुने गरी) प्रणाली लागू गरिनुपर्ने माग पनि गरेको छ  । 

विज्ञप्तीमा बजारमा पुँजी अभाव हुन नदिन नगद धरौटी राख्ने, भुक्तानी अवधिमा पुनःधरौटी काट्ने, अग्रिम ६.५ प्रतिशत भ्याट कट्टी गर्ने खालका नीतिहरुलाई तत्कालका लागि खारेज गरिनुपर्ने र स्वदेशी कृषिजन्य वस्तुहरुको संरक्षण र कृषकले उचित मूल्य पाउने व्यवस्था मिलाउन शित भण्डार केन्द्रहरु स्थापना र विस्तारमा जोड दिइनुपर्ने उल्लेख छ ।

त्यसैगरी कोरोनाका कारण विश्व अर्थतन्त्रको भविष्य अन्योलमा रहेको अवस्थामा  विश्वस“गै नेपाली अर्थतन्त्र समेत धरापमा पर्ने सम्भावना बढेको औंल्याउँदै विज्ञप्तीमा लामो समयको लकडाउनका कारण नेपालको औद्योगिक क्षेत्र तहस—नहस भएकोले राहतको माग पनि संघले गरेको छ । 

            यसको प्रभावले अरबौंको घाटा र लाखौंको रोजगारी समेत गुम्ने खतरा बढेको भन्दै संघले लामो समयको बन्दका कारण थला परेका कतिपय उद्योगहरु पुनःसंचालनमा नआउने समेत निश्चित रहेको जनाएको छ । 

                सरकारले अझैसम्म पनि उद्योगीलाई सम्वोधन हुने गरी ठोस रुपमा राहत प्याकेज घोषणा गर्न सकिरहेको छैन भन्दै बैंक ब्याजदर २ प्रतिशतले कम गर्ने र ब्याजमा १० प्रतिशत छुट दिने सरकारले घोषणा गरेता पनि नत यो प्रयाप्त छ नत पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छ भन्दै चिन्ता पनि व्यक्त गरिएको छ । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६