लुम्बिनी

कोरोनाको लडाईमा अखिलले सहयोग गर्ने



कोरोना भाईरस विरुद्धको लडाई सहयोग गर्न अखिल तयार रहेको वताईएको छ । अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुले एक प्रेस विज्ञप्ती जारी गर्दै भारतबाट आएका नेपालीहरुलाई उद्धार गर्न, आवश्यक कवारेनटाइन स्थापनाका लागि सहयोग गनर्, आवश्यक राहतका लागि सहयोग गर्न र स्वयम् सेवामा खटिन तयार रहेको वताईएको छ । संयोजक वावुराम अर्याल र सहसंयोजक दयाराम पौडेल द्धारा हस्ताक्षर भएको विज्ञप्तीमा अनेरास्ववियू जिल्ला कमिटि कपिलवस्तु आफना हजारौँ संगठित नेता कार्यकर्ताहरु सहित तयारी अवस्थामा रहेकोले जुन सुकै वेला पनी  कपिलवस्तु प्रशासन र सम्पुर्ण पालिकाहरुमा सहयोग गर्न तयार रहेको वताईएको छ । 


                                                           विज्ञप्तीको पुरा विवरण   
छिमेकी राष्ट्र चिनबाट सुरु भई विश्वव्यपि महामारिको रुपमा पैmलिरहेको कोरोना भाइरस  संक्रमणले हाम्रो देश नेपाललाई पनि आक्रान्त पारेको अवस्था छ । दुई महिनाको लकडाउन र दिनानु दिन बढ्दै गएको संक्रमणले आम नेपाली जनसमुदाय र सिङ्गो राष्ट्र नै यस प्रकोपको मारमा परेको छ । छिमेकी राष्ट्र भारतमा गुणात्मक रुपमा पैलिरहेको यस संक्रमण खुल्ला सिमानाका कारण नेपालमा पनि त्यहि गतिमा पैmलिरहेको छ । हाम्रो कपिलवस्तु जिल्लामा पनि कोरोना संक्रमण दिनानु दिन बढ्दो क्रममा छ । सर्वप्रथम यस कोरोना संक्रमणबाट संक्रमित सम्पुर्णमा सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौँ साथै मृतक प्रति हार्दिक श्रद्धाञ्जिली व्यक्त गर्दछौँ । साथै यस महामारीबाट जुधन ज्यानको बाजि लगाएर अहोरात्र खटिनु हुने जनप्रतिनिधि, स्वस्थ्यकर्मि, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी , पत्रकार मित्रहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।
    पछिल्लो समय रोजगारी, उपचार र अन्य विवशताका कारण भारत जानु भएका नेपालीहरु आफनो घर फर्किने क्रम दैनिक हजारौँको संख्यामा रहेको छ । त्यसकारण सिमा नाकाबाट सुरक्षित रुपमा नेपाल भित्राएर आवश्यक क्वारेनटाईनको व्यवस्था सहित उद्धार गर्न, आवश्यक आईसोलेसन निर्माण गर्न, आवश्यक कोरोना अस्पताल निर्माण गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार, प्रदेश नं. ५, कपिलवस्तु प्रशासन र प्रत्येक पालिकाहरुलाई जोडदार माग गर्दछौँ । रात दिन नभनि उद्धार र सेवा गर्ने क्रममा यस जिल्लाका जनप्रतिनिधि, स्वस्थ्यकर्मि, सुरक्षाकर्मि, राष्ट्र सेवाक कर्मचारी, पत्रकारलाई पनि कोरोना पोजिटिभ देखिए पछि सर्वसाधारणहरु त्रसित हुनु स्वभाविक हो तर यस्तो प्ररिस्थितिमा त्रसित नभई सम्यमित भएर लकडाउनको पालना गरि परिस्थितिलाई सामान्य अवस्थामा ल्याउन सहयोग गर्नु हुन सम्पुर्ण आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।
        कोरोना संक्रमण महामारीसँग जुध्न, भारतबाट आएका नेपालीहरुलाई उद्धार गर्न, आवश्यक कवारेनटाइन स्थापनाका लागि सहयोग गनर्, आवश्यक राहतका लागि सहयोग गर्न र स्वयम् सेवामा खटिन अनेरास्ववियू जिल्ला कमिटि कपिलवस्तु आफना हजारौँ संगठित नेता कार्यकर्ताहरु सहित तयारी अवस्थामा रहेको व्यहोरा यहि विज्ञप्ति मार्पmत नेपाल सरकार, कपिलवस्तु प्रशासन र सम्पुर्ण पालिकाहरुमा जानकारी गर्न चाहान्छौँ । आवश्यक परेको खण्डमा बिना सर्त, बिना संकोच स्वयम् सेवामा खटिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६