बागमती

माछा मार्न र पौडी खेल्न गएका दुई युवा बेपत्ता



दोलखा, १२ जेठ । दोलखाको तामाकोशी नदीमा माछा मार्नुका साथै  पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । 

            त्यस्तै कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएको स्थानीयले बताएका छन् । बेपत्ता भएका दुवैको स्थानीय तथा प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६