लुम्बिनी

शिवराज वासिलाई राहतः एकै पटक दुई एम्बुलेन्स र दमकल



चन्द्रौटा,१२ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाले एकै पटक दुई वटा एम्बुलेन्स र एउटा दमकल खरिद गर्ने निर्णय गरेको छ । नगरलाई अतिआवश्यक  रहेको भन्दै नगरकार्यापालिकाको बैठकले एम्बुलेन्स र दमकल एकै पटक खरिद गर्ने निर्णय गरेको हो । शिवराज नगरपालिका वडा १ मा रहेको शिवपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिदको लागि प्रदेश सरकार मार्फत १५ लाख प्राप्त भएकोले र नगरले एम्बुलेन्स खरिदको लागि बिनियोजन गरेको रकमले खरिदको प्रकृया अगाडी बढेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।‘गत वर्ष पनि खरिदको लागि योजना बनाएका थियौं,कारणवंस सकिएन यस वर्ष दुई वटा एम्बुलेन्स खरिद गर्ने निर्णय भएको छ,अधिकारीले भन्नुभयो ‘एम्बुलेन्स नहुँदा नगरवासिलाई शास्ती खेप्नु परेको थियो अब सहज हुने छ, ।’

            नगरपालिकामा अहिले एम्बुलेन्स नहुँदा भाडामा लिएर संचालन गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । गाउँ गाउँका नागरिकहरुलाई अस्पताल लैजानको लागि हामिसँग एम्बुलेन्स नभएको हुदाँ केहि समस्या भएकोले खरिद गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । अहिले कोरोना भाइरसका कारण अति आवश्यक छ,अन्य समयमा पनि नगरलाई एम्बुलेन्स अति आवश्यक रहने अधिकारीले बताउनुभयो ।

            शिवराज नगरपालिका वडा न ९ ले बिनियोजन गरेको रु ९ लाख,वडा न १ ले बिनियोजन गरेको रु ३ लाख, वडा न ३,४ र ११को एकमुष्ट रु २१ लाख, नगरको रु १३ लाख र प्रदेश सरकारको रु १५ लाख गरी रु ६१ लाखको लागतमा दुई वटा एम्बुलेन्स खरिद गरिने प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । ‘अहिले भन्सार छुट गर्नको लागि पकृया भइरहेको छ, पौडेलले भन्नुभयो ‘असार मसान्त सम्म खरिद गरी संचालनमा ल्याउने छौ,।’

            नगरले यसै वर्ष रु १ करोडको लागतमा दमकल खरिद गर्ने भएको छ । गर्मीयाम सुरु भएपछि नगरमा आगलागी घटना बढने जोखिमलाई कम गर्न दमकल खरिद गर्ने निर्णय भएको नगप्रमुख अधिकारीले बताउनुभयो । दमकल खरिदको लागि रु ९० लाख र संचालनको लागि रु १० लाख रकम बिनियोजित भएको उहाँले बताउनुभयो ।

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६