लुम्बिनी

कोरोना अस्पताल बेलझुण्डीमा १८ जनाको उपचार हुँदै, ३ हजार भित्रिए



दाङ, १२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आज कोरोना परीक्षणमा पाँच जनाको पोजेटिभ देखिएको छ ।  बर्दियाका एक  र बाँकेका चार जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिजमा जनाइएको छ । 

        आज फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा  राप्तीसोनारी गाउँपालकिाका १६,  २३, २३ र २४ वर्षीय छन् ।   यसैबीच  दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ । पछिल्लो समय आइतबार  प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना देखिएका बर्दिया बढैयातालका १९ वर्षीय एक पुरुषलाई आइसोलेशनमा राखिएको छ । अस्पतालमा अन्यमा बाँके नरैनापुरका आठ, कपिलवस्तुका छ  र दाङका तीन जनाको उपचार भइरहेको छ । संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालका प्रमुख  डा सर्वेश शर्माले जानकारी दिनुभयो ।  स्वाब परीक्षणमा कोरोना देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको अस्पतालको भनाइ छ । बेलझुण्डी कोरोना अस्पतालमा एक सय शय्या तयारी अवस्थामा राखिएको छ ।

भित्रिए तीन हजार

        हालसम्म दाङमा मात्रै तीन हजार ३२६ नागरिक सम्बन्धित स्थानीय तहमा भित्रिएको तथ्याङ्क छ । बन्दाबन्दीमा  भारत र अन्य मुलुकबाट घोराही उपमहानगरपालिका भित्रिने ६७५ पुगिसकेको उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँले आज थप दुई सय नागरिक विभिन्न नाका हुँदै आउन लागेको बताउनुभयो ।

             जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा धेरै नागरिक राप्ती गाउँपालिकामा भित्रिएका छन्  । आठ सय नागरिक भारत तथा अन्य मुलुकबाट आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । हालसम्म तुलसीपुर उपमहानगरपालिका १३४ तथा  गाउँपालिकामध्ये बंगलाचुली गाउँपालिकामा ५५०, बबईमा ४७७, दंगीशरणमा ३३ , शान्तिनगरमा ८५ , राजपुरमा २२ र गढवामा २५० जना आएका छन् ।  (रासस)

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६