लुम्बिनी

भिटिएम अभावः नवलपरासीमा आरडीटी गरेर घर पठाउने तयारी



परासी, १४ जेठ । पश्चिम नवलपरासीमा भिटिएम अभाव भएपछि क्वारेन्टाइनमा बस्नेहरुको आरडीटी परीक्षण गरेर घर पठाउने तयारी गरिएको छ । जिल्लामा हरेक दिन क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो छ । सरकारले क्वारेन्टाइनमा बस्नेको संख्या अनुसार भिटिएम पठाउन नसकेपछि आरडीटी परीक्षण गरेर नेगेटिभ आउनेलाई घर पठाउनुको विकल्प नरहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनु भयो । 

            मंगलबार दिउँसोसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या ९ सय २१ पुगेको छ । प्रदेश सरकारले भने २ सय ८० भिटिएम पठाएको छ । करिब ६ सय ५० भिटिएम अपुग छ । सरकारले पठाएको भिटिएम जिल्लाका ७ स्थानीय तहमा ४० का दरले पठाएकोले संख्या अनुसार पीसीआर परीक्षण गर्न नसकिने ढकालले बताउनु भयो । 

            भिटिएम अभाव भएपछि १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी विधिबाट परीक्षण गर्ने र नेगेटिभ आए घर पठाउने निर्देशन भएकाले सोही अनुसार परीक्षण गरेर घर पठाउनुको विकल्प नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आरटीडी विधिबाट गरिने परीक्षण विश्वासिलो छैन । पीसीआर नगरी आरडीटी गरेर घर पठाउँदा समुदायमा कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले बिरोध गर्न थालेका छन् ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६