लुम्बिनी

नेपाली र भारतीय दुवै तिरका सीमा क्षेत्रमा अलपत्र



भैरहवा, १४ जेठ । नेपाल भारत दुवैतर्फ दुई महिना लामो लकडाउनका कारण सिमा क्षेत्रमा नेपालीमात्र होइन भारतीय नागरिक पनि अलपत्र परेका छन । भारतका विभिन्न शहरबाट आएका नेपालीहरु भारतीय सिमा क्षेत्र नौतनुवामा र नेपालका विभिन्न शहरमा काम गर्ने भारतीयहरु नेपालको सिमावर्ती क्षेत्र बेलहियामा अलपत्र परेका छन । यद्यपि दैनिक सयौंको संख्यामा अलपत्र परेकाहरु आ–आफ्नो देश फर्किने क्रम पनि चलिरहेको छ । 

            इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार लकडाउनपछिको दुई महिनाको अवधीमा करिव ३० हजार नेपाली नेपाल प्रवेश गरेका छन भने नेपालबाट भारत जानेहरुको संख्या भने त्यो भन्दा निकै कम छ । अहिले नेपालको विभिन्न स्थानमा रोजगारीको सिलसिलामा रहेका भारतीय नागरिकहरु अलपत्र पर्नेक्रम बढेको छ । नेपालका विभिन्न स्थानमा कार्यरत भारतीय मजदूरहरु लकडाउनपछि काम बिहीन भएका छन् । उनीहरु स्वदेश फर्कन चाहन्छन् । सीमानाका बेलहिया हुँदै भारतीयहरु प्नि भारत फर्किरहेका छन् ।

            भारतीय सरकारले एकैपटक आफ्ना नागरिक ल्याउन नसक्दा उनीहरु अलपत्र परेको अवस्था छ । त्यसैक्रममा नेपालका विभिन्न क्षेत्रमा कार्यरत भारतीय नागरिकहरु स्वदेश फर्कन नपाएपछि अहिले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित डण्डा क्षेत्रमा रहेको पर्यटकीय गेट नजिकै र बेलहियाका सडक मै आश्रयस्थल बनाउन बाध्य भएका छन् । केही दिनदेखि उनीहरु डण्डा क्षेत्र नजिक बसेको र खाना खानबाट वञ्चित भएको थाहा पाएपछि प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेयले खाना खुवाउन अगुवाइ गर्नुभएको छ । 

            केही दिन पहिले अलपत्र भारतीय नागरिकहरुलाई सिद्धार्थ बसपार्कमा राखेर भारत पठाइएको भएपनि पुनः डण्डा क्षेत्रमा अलपत्र हुने भारतीय नागरिकको संख्या बढेपछि सांसद सन्तोष कुमार पाण्डेय, जनता समाजवादी पार्टीका युवा नेता उज्जवल पोखरेल, नौडिहवा र हर्नैयाका युवा तथा बेलहियाका समाजसेवीहरुको सहयोगमा उनीहरुलाई निःशल्क खाना खुवाउन थालिएको हो । 

            नेपाली नागरिकलाई भारतीय नागरिकहरुले खाना खुवाइरहेको अवस्थामा भारतीयहरुलाई पनि भोकै राख्ने अवस्था हुन नदिन खाना खुवाइएको प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेयले बताउनु भयो । छिमेकी मित्र राष्ट्र भारतका नागरिकहरुलाई व्यवस्थित ढंगले राखिदिने र खाना खुवाउने काम भइरहेको पाण्डेले बताउनु भयो । 

            अहिले कुन देशका नागरिक हुन भन्दापनि मानवताको हिसाबले कुनैपनि मुलुकका नागरिकलाई भोकै रहन दिन नहुने पाण्डेयको भनाइ छ । स्थानीयवासीको सहयोगमा यो भन्दा पहिले पनि भारतीय नागरिकलाई खाना खुवाएर स्वदेश पठाइएको र डण्डा क्षेत्रमा भारत जान चाहने नागरिकहरु पर्खेर बसिरहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता उज्जवल पोखरेलले बताउनु भयो ।

            बुधबार मात्रै १ हजार ५ सय बढीलाई खाना खुवाइएको पोखरेलले जानकारी दिनुभयो । खाना खुवाउने अभियानमा स्थानीयवासी तथा सामाजिक अगुवाहरुको सहयोग छ, यो कार्यमा प्रदेशसभा सदस्य माननीय सन्तोष कुमार पाण्डेयले पनि सहयोग गरिरहनुभएको  पोखरेलले बताउनु भयो ।  

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६