लुम्बिनी

विद्यालयको छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या



गुल्मी १६ जेष्ठ । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ ।  जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।  दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिनुभयो । उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ । हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका  सामग्री, खेलौनालगायतमा क्षति पु¥याएको छ । 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६