पर्यटन

तोकिएकै समयमा लुम्बिनी गुरुयोजना सम्पन्न गर्न मन्त्री भट्टराईको निर्देशन


१५ जेष्ठ २०७७, बिहिबार


रुपन्देही  १५ जेठ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा गुरुयोजनाका काम सम्पन्न निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग दृश्य संवाद गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दुरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरु समेतको समन्वयमा  निर्माण तथा अन्य काम गर्न निर्देशन दिनुभएको हो । 

            मन्त्री भट्टराईले पाँचवटा आयोजना निर्माण सम्पन्नको चरणमा रहेको बताउँदै पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिनुभएको छ । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय बुद्धिस्ठ संगठनहरुसँग पनि दृश्य संवादमार्फत् बैठक गरी कोराना महामारी विरुद्ध आफ्नो तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाव दिनुभएको हो । 

            लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए । 

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे