अन्तर्राष्ट्रिय

बाणगंगा बिश्वका उत्कृष्ट १०० शहर भित्र सूचीकृत , एचिभमेण्ट अवार्ड २०२०का लागि नामांकन



कपिलवस्तु १६ जेठ । बेलायत स्थित एचिभमेण्ट फोरम यूके नामक एक अन्तराष्ट्रिय फोरमले नेपालको कपिलवस्तु स्थित बाणगंगा नगरपालिकालाई इक्सीलेन्स ईन सिटी मेनेजमेण्ट अन्तर्गत विश्वका उत्कृष्ट १००  क्षेत्र ,शहर वा नगरपाालिका भित्र छनौट गरेको छ ।  टप १०० को सूची सार्वजनिक गर्दै एचिभमेण्ट अवार्ड २०२०का लागि नामाकरण दर्ता गरेको जानकारी नगरपालिकालाई पठाएको हो । यस्तो अवार्डको प्रतिस्पर्धाकालागि छनौट गरेर पत्र पठाएकोमा बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले सो फोरम प्रति  कृतज्ञता प्रकट गर्नु भएको छ ।

     यो संगै बाणगंगा विश्वका उत्कृष्ट १०० क्षेत्र ,शहर वा नगरपालिकाका रुपमा सूचीकृत भएर  सर्बाेत्कृष्ट  स्थान हासिल गर्ने प्रतिस्पर्धामा सहभागि हुन पाएको छ । यसका लागि अवार्डमा नामाकरण दर्ता गर्ने बेलायत स्थित एचिभमेण्ट फोरम प्रोमाइसिङ रिजन फोकसलई बाणगंगा नगरले आभार ब्यक्त गरेको हो । साथै यो अवार्डकालागि गत वर्ष सम्म नगरको प्रमुख प्रशासकिय अधिकृत रहनु भएका तुलसीराम मरासीनीलाई  नै संबोधन गरेर उक्त सस्थाले पत्र पठाएकोले ततकालिन प्रमुख प्रशासकीय अधिकृत मरानीनिलाई समेत नगरले बिशेष धन्यवद ज्ञापन गरेकोछ  । 

    साथै  उत्कृष्ट १०० भित्र पार्नकालागि मिडियामा अएका समाचारको बिष्लेषण, सामाजिक नेटवर्कका विवरण ,खुला तथ्यांकको विष्लेषण र इन्टरनेटका माध्यमले प्राप्त अन्य सूचनालाई आधार मानेर छनौट गरिएको सो फोरमले पत्र मार्फत वाणगंगालाई जानकारी गराएको छ । नगरभित्र  स्वास्थ्य हेरचाह ,सामाजिक सुरक्षा, शिक्षा र रोजगारी बढाउन प्रतिज्ञाका साथ लागि परेका क्षेत्र शहर र नगरपालिकालाई अवार्डकलागि मनोनयन गरेको हो । यो एक अन्तराष्ट्रिय प्रतिस्पर्धा हो  यसमा विजयी हुनेले सर्बाेत्कृष्ट सम्मानका साथ पुरस्कार पाउनेछ । जसले यो अवार्ड पाउछ त्यो ठाउ विश्वमै सुरक्षित शहर, लगानीकालागि आकर्षक गन्तब्य र पर्यटकीय महत्वको नगरका रुपमा चिनिने आयोजक सस्थाले स्पष्ट पारेकोछ । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६