अन्तर्राष्ट्रिय

सरकारले तोक्यो भारतबाट प्रवेश गर्ने २० नाका , कपिलवस्तुमा खुनुवा र कृष्णनगर



कपिलवस्तु १६ जेठ । सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ। कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो।

    जसमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मंगलवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

    ‘यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने छ,’ सचिव बिडारीले भने। सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिरहेको छ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६