लुम्बिनी

मानवीय सेवामा तरुण दल र नेविसंघ कपिलवस्तु, आगलागीपीडितलाई राहत



बरवा, १८ जेठ । तरुण दल कपिलवस्तु र नेविसंघ कपिलवस्तु लकडाउन र कपिलवस्तु जिल्ला सिलका पनि राहत र मानवीय सेवामा सक्रिय भएर लागेको छ । आज आइतबार बाणगङ्गा–१० पटना वीरपुरका आगलागी पीडित अर्जुन प्रसाद चौधरीको परिवारलाई सहयोग गरेको छ । आजै खाना पकाउने ग्यास चुलोमा सर्ट भएर आगलागी हुँदा चौधरीको घरगोठ जलि नस्ट भएको थियो । स्थानीयले आगलागी नियन्त्रण लिन खोजे पनि आगलागीबाट घरमा रहेको सम्पुर्ण खाद्यान्न लत्ताकपडा गरगहना  महत्वपूर्ण कागजात जलेर पुर्ण रुपमा नस्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन । 

        आगलागी पीडितलाई उनकै घरमा पुगी तत्काल आवश्यक पर्ने खाद्यान्न दाल,चामल, तेल, नुन त्यसैगरी डसना, झुल सिरानी लगायतका सामाग्री हस्तान्तरण गरिएको तरुण दलका छेत्रीय सदस्य दिपक घिमिरेले बताउनुभयो ।   

    आगलागी पीडित परिवार खुला आकासमुनी बस्न बाध्य रहेकोले तत्कालका लागि आवस्यक पर्ने खाद्यान्न जुटाई सहयोग गरेको र बिपत्तिको बेला सबैले मिलेर सहयोग गर्नुपर्ने भावनाले प्रेरित भएर पीडितको घाउमा थोरै भएपनि मलम लगाउन आफुहरुले सहयोग गरेको  नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो 

        आगलागी पीडितको पीडामा आफुहरु काँध थापेर उहाँहरुलाई आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको तरुण दल कपिलवस्तुका जिल्ला सभापति शक्ति सिंह ठकुरीले बताउनुभयो । वडा अध्यक्ष रामबिहारी चौधरीले आगलागी पीडित चौधरीलाई थप सहयोग वडाबाट र नगरपालिकाबाट गर्ने बताउनुभयो ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६