लुम्बिनी

मनकारी कपिलवस्तुका युवा अलपत्र अर्घाखाँचीका नागरिकलाई राहत



बरवा, १९ जेठ ।  अर्घाखाँचीले हिजो मात्रै कपिलवस्तुको तरकारी फोहरमा फालेर मानवता विर्सियो । कपिलबस्तुको बुद्धभूमिबाट बिक्रिका लागि अर्घाखाचीको सन्धीखर्क लगिएको हरियो तरकारी प्रहरीको निर्देशनमा नष्ट गरिएको थियो । कपिलवस्तु कोरोना संक्रमित जिल्लाबाट ल्याईएको भन्दै अर्घाखाँचीको सन्धिखर्कमा कपिलबस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको हो । तर अर्घाखाँची प्रहरीले गरेको मानवता विरोधी कार्यको उत्तर नेपाल स्वयम् सेवक संघको युवा संघठन कपिलवस्तुका अध्यक्ष युवाले अर्घाखाँचीका नागरिकलाई सहयोग गरी दिएका छन् ।

        प्रेसपाटीमा कार्यरत युवाले औषधी उपचारको लागि करिब ३ महिनादेखि बाणगंगा–१, बैरियामा बस्दै आएका १० वर्षीय अपाङ्गता बालक र आमा विष्णु सारुलाई उनकै घरमा गएर राहत सहयोग गरेका हुन् । भूमिकास्थान नगरपालिका –९ का ती आमा छोरा लामो लकडाउनका कारण अलपत्र परेका हुन् । लकडाउका कारण बाध्य भएर कोठा भाडामा बसेकी विष्णु सारुलाई अध्यक्ष पशुपति गिरीले सहयोग गर्नुभएको हो । गिरीले १५ के.जी. चामल, ३ के.जी. दाल, करिब २ लिटल तेल, नुन ३ पोका व्यक्तिगत रुपमा सहयोग गरेको र फेरि भोली विहान पनि गएर सहयोग गर्ने बताउनुभयो । गिरीले अति विपन्न परिवारलाई मानवीय धर्म सम्झी व्यक्तिगत रुपमा सहयोग गरेको बताउनुभयो ।

        भूमिकास्थानका वडा अध्यक्ष नारायण खनालले ती परिवार विपन्न भएको र आफूहरुले सहयोग गर्ने प्रतिबद्धता प्रेसपार्टीसँग जनाउनुभयो । भूमिकास्थानका उपमेयर खडानन्द बेल्बासेसँग हिजो मात्रै अर्घाखाँचीले तरकारी फोहर फाल्ने ठाउँमा फाले तर उत्तरमा कपिलवस्तुका युवाले सहयोग गरे नि भन्ने प्रश्नमा भन्नुभयो– त्यसरी तरकारी फाल्नु गल्ती भएको र सबै मिलेर जानुको विकल्प नभएको प्रतिक्रिया दिँदै विपन्न परिवारलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

        सेवा नै धर्म हो । यो वाक्य नसुनेको नेपाली को नै होला र ?  मानवताको सेवा, समाजको सेवा, बालबालिकाको सेवा, वृद्धको सेवा, अपांगको सेवा, अनेक थरी सेवा  । विश्वमा कोरोना भाइरसले ताण्डव नृत्य मच्चाईरहेको छ । यस्तो अवस्थामा हामी नेपालीले आफ्नै छिमेकीले उत्पादन गरेको तरकारीलाई फोहोरमा फाल्ने जस्ता घृणित कार्य गर्नु हुँदैन । अहिलेको हाम्रो आवश्यकता भनेको सबै मिलेर जानु नै हो अर्घाखाँचीले गरेको गल्तीलाई पुनः अर्घाखाँचीले दोहो¥याउनु भने हुँदैन, यसतर्फ अर्घाखाँचीका जनप्रतिनिधि सचेत हुनैपर्छ । 

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६