लुम्बिनी

भारतबाट फर्केका पाल्पाका पुरुषको उपचारको क्रममा मृत्यु



पाल्पा, २० जेठ ।  भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ ।  पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।  सोमबार दिउँसो १ बजे  श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

            भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टिनमा बसेका उनलाई सोमबार बिहान ७ बजे  पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा  लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताउनुभयो । मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६