प्रदेश

निसर्ग चक्रवातको कारण वर्षा, शनिबारसम्म मौसम सुधार नहुने, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, २२ जेठ । अरब सागरमा निर्माण भएको निसर्ग चक्रवातको काराण नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ‘निसर्ग चक्रवात लगायतको  वायुको प्रभावले प्रदेश १, २ र बागमती बाहेकका क्षेत्रमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार चक्रवातको प्रभाव कायमै रहने भएकाले शनिवारसम्म मौसममा उल्लेख्य सुधार आउने छैन ।

यस्तो छ तीन दिनको मौषम पूर्वानुमान

जेठ २२ गते विहीबार

दिउँसोः  सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जनरचट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भूभागका एकदुई स्थानहरुमा  मेघगर्जनरचट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ। 

जेठ २३ गते शुक्रबार

दिउँसोः  सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भूभागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  मेघगर्जनरचट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

जेठ २४ गते शनिबार

दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदलि रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको   सम्भावना रहेको छ। 

रातीः  प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदलि रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको   सम्भावना रहेको छ। 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६