कपिलवस्तु २४ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बरं ७ कुशहवाको वडा कार्यालयमा शुक्रवार राति चोरी भएको छ । चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले वताउनु भयो । कार्यालयको दराजमा राखीएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको ३५ हजार चोरी भएको वडा सचिव राकेश चौवेले बताउनु भयो ।
एक महिना देखी संकलन भएको राजस्व वडा कार्यालयमै राखीएकोले सेनेटाईजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेको भनाई छ । प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवस्तावले घटनाको अनुसंधान र चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको वताउनु भयो ।
प्रतिक्रिया