काठमाडौ, २५ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज फेरि देशका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरेको छ । अरब सागरमा विकसित निसर्ग चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा आजसम्म रहने भएकाले त्यसैको प्रभावस्वरूप अपराह्न देशका विभिन्न भूभागमा वर्षा हुने महाशाखाले जनाएको छ ।
आज प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही भूभागमा तथा कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का एक–दुई भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आइतबार बिहान मुलुकभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने छ भने अपराह्नपछि काठमाडौं उपत्यकासहित देशका केही भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलिबाट भने चक्रवातको प्रभाव हट्ने महाशाखाले जनाएको छ।
प्रतिक्रिया