अर्थ-वाणिज्य

देशकै पहिलो स्थानीय प्रमुख जसले आइशोलेशनवाटै आगामी बजेट तयार पारे



गुल्मी २५ जेठ । कोरोना विरुद्धको लडाइ जित्ने देशकै पहिलो स्थानीय सरकार प्रमुखले एकान्तबासमा बस्दा  आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि गाउँपालिकाले बनाउने नीति तथा कार्यक्रम र बजेटको धेरै जसो तयारी गरेको बताएका छन् । आइशेलेशनम बस्नुलाई अबसरको रुपमा लिएर यस प्रकार तयारी गरिएको उनको भनाइछ । 

        कोरोना भाइरसका कारण देश बिदेशबाट फकिएका र फर्किने क्रममा रहेकाहरुलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बारेमा  स्पष्ट सोंच बनाएको उनले दावि गरेका छन् । भारत तथा बिदेशबाट फर्किएका युवाहरुलाई उत्पादन क्षेत्रमा जोड्ने र उनीहरुलाई गाउँमानै रोजगार सृजना गरी आत्म निर्भर बनाउने उनको योजना छ । 

        त्यसरी आइशोलेशनवाटै नीति कार्यक्रम र बजेटके तयारी गर्ने देशकै एकमात्र स्थानीयतह प्रमुख  गुल्मीको धुर्काेट  गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल हुन् । उनले आफूले सहजै रुपमा आफूले कोरोना जितेको बताएका  हुन् । जेठ १२ गते प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएका उनले आफूलाई कोरोनाका कुनै लक्षणहरु पनि देखा नपरेको र आफूले सहजै कोरोनालाई जितेको बताएका हुन् ।यस बिचमा आफूलाई कोरोना संक्रमण भएको जस्तो कुनै अनुभूती नभएको समेत उनले बताए ।१२ दिनको अबधिमा कुनै केही समस्या नभएको भन्दै कोरोनालाई बाहिर धेरै हल्लाको रुपमा फैलाएको जस्तो आफूलाई अनुभूती भएको बताए ।यस अबधिमा आफूले ब्यायम गर्ने ,योगा गर्ने, पुस्तकहरु अध्ययन गर्ने र गित संगित संगै फिल्म हेरी आफूलाई ब्यस्त बनाई तनाब नलिएकाले पनि आफूले सहजै कोरोना जितेको पोखरेलले दाबी गरे ।

        आफूलाई कोरोनाको कुनै लक्षण पनि देखा नपरेकाले कोरोना संक्रमण भएजस्तो नलागेको बताएका छन् । उनले कोरोनालाई धेरै ठुलो रोगका रुपमा नलिन सामान्य रुपमा लिन आग्रह गरेका छन् । कोरोनालाई बाहिर धेरै हल्लाको रुपमा फैलाएको जस्तो आफूलाई भान भएको उनी बताउँछन् ।दूई पटक सम्म परीक्षण गर्दा पोखरेलको रिपोर्ट नेगेटिभ आएकाले उहाँलाई डिस्चार्ज गरिएकोे गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए 

        यस समय अबधिमा आफूले सामाजिक दुरी कायम गरी विभिन्न ब्यक्तिलाई भेटघाट गरेका बताएका छन् ।आफूसंग भेटघाट गर्नका लागि यस अबधिमा धेरै शुुभचिन्तकहरु आएकाले सामाजिक दुरी कायम गरी भलाकुसारी गरेको बताएका छन् ।आफू एकान्तबासमा बस्दा धेरैका फोनहरु आएको र स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएको बताए । फोनमार्फत धेरैले सान्त्वना दिएको र उच्च मनोबल बनाउनका लागि सहयोग गरेको पोखरेलले बताएका छन् । आफु उकान्तबासमा बस्दा डाक्टरहरुसंग निरन्तर सम्पर्कमा रहेको बताए । उनी धुर्कोट गाउँपालिकाको आइसुलेसनमा बसेका थिए ।

        कोरोनाका लक्षण नदेखिएकाहरुलाई अस्पतालमा लगेर उपचार गर्न नपर्ने उनको सुझाब छ ।संक्रमितहरुलाई कुनै लक्षण नै देखा परेको छैन भने अस्पतालमा लगेर राख्नुको कुनै अर्थ नभएको भन्दै उनले स्वास्थ्यमा केही समस्या देखा परेमात्र अस्पताल जानुपर्ने बताए ।केही समस्या नआए घरमै एक्लै बसेर पनि कोरोनालाई जित्न सकिने भन्दै आत्मबल र खानपानमा ध्यान दिनु पर्नेमा उनले जोड दिए । शारीरिक ब्यायम , खानपानमा ध्यान दिँदै गाउँकै जडिबुटीहरुलाई प्रयोगमा ल्याउनु उपयुक्त हुने उनको तर्क छ ।

        गाउँपालिका भित्रका बिभिन्न स्थानहरुको क्वारेन्टाइनमा बसेकाहरुको अबस्था के कस्तो छ होला भन्दै धेरै चिन्तित भएको उनले बताए ।आफू एकान्तबासमा भएपनि क्वारेन्टाइनमा रहेकाको अबस्था ,उनीहरुको खानपान के कस्तो छ होला भन्दै उनीहरुकै स्वास्थ्य प्रति धेरै चिन्ताले सताउने गरेको उनले बताए ।क्वारेन्टाइनको ब्यबस्थापन राम्रै भएको र आफूले फोन मार्फत बुझेपनि आफूले देखेको जस्तो मनमा सन्तोष नभएको उनले बताए ।आफू एकान्तबासमा बस्दा गाउँपालिकालाई नमुना बनाउने गरी योजना बनाउने बताउँदै आएका उनले गाउँपालिकाको आगामी योजना बनाएको बताएका छन् ।

        गाउँमा रहेका बाँझा जमिनलाई उत्पादन योग्य जमिनमा ल्याउने र कृषि पशुपालमा जोड दिन सकिने उनले बताए । कोरोना भाइरसका कारण खाद्य संकटलाई टार्नका लागि गाउँका बाँझो जमिनलाई उत्पादनमा ल्याउनु बाहेकको बिकल्प नभएको उनको भनाई छ ।उनी गुल्मीबाट कोरोना जित्ने दोस्रो ब्याक्ति हुन । यस अगाडी मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका कृषि बिकास बैंकका कर्मचारीले १० दिनमै कोरोना जितेका थिए ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६