अर्थ-वाणिज्य

बाणगंगा नगरको नीति तथा कार्यक्रम असार ५ गते प्रस्तुत हुने



कपिलवस्तु ,२६ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी असार ५ गते प्रस्तुत हुने भएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गने बिषयमा सोमबार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा ११ वटै वडालाई असार २ गतेसम्म आफ्ना वडाका योजना छनौट गरि नगरपालिका समक्ष पेश गर्न आग्रह पनि गरिएको छ । भने असार १० गते बजेट प्रस्तुत गर्ने निर्णय भएको नगरपालिकाका प्रबक्ता एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले बताउनुभयो । बैठकमा ७ औ नगरसभाको तयारीका बिषयमा बिभिन्न निर्णयहरु भएका छन । जसमा सबै वडालाई ५० लाख समान बजेट सिलिङ दिईने भएको छ । भने यसबाहेक ४ वटा मापदण्ड भूगोल ,जनसंख्या ,भौगोलिक बिकटता र आन्तरिक आयका आधारमा बजेट सिलिङ उपलब्ध गराउने निर्णय भएको छ । कम्तिमा पनि प्रत्येक वडाले १ करोड सम्मको बजेट सिलिङ प्राप्त गर्ने प्रबक्ता पौडेलले जानकारी गराउनुभएको छ । यसैगरि बैठकमा नगरपालिकाको बिपद ब्यवस्थापन कोषमा नगरका सबै जनप्रतिनिधिहरुले १० दिन बराबरको सेवा सुबिधा उपलब्ध गराउने निर्णय भएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६