अर्थ-वाणिज्य

कोरोना विपद : कपिलवस्तुमा ४० लाख देखि २ करोड सम्म खर्च , साढे ८ करोड भुक्तानी



कपिलवस्तु २६ जेठ ।  कपिलवस्तुका १० स्थनीयतहवाट अहिले ८ करोड  रकम खर्च भुक्तानी भएको छ । हाल सम्मको खर्च हेर्दा भुक्तानीका हिसावले कृष्णनगर र महाराजगंज नगरपालिका धेरै खर्च गर्ने पालिकामा परेका छन् । ती पालिकामा डेढ करोड भन्दा वढी खर्च भएको विवरण उपलब्ध गराइएकोछ । 

        जिल्लाका १० पालिकामध्ये पश्चिमी क्षेत्रमा अवस्थित महाराजगञ्ज नगरपालिकामा सबै भन्दा बढि रकम खर्च भएको छ । कोरोना रोकथाम र नियन्त्रणकालागि करिब ढेड करोड रकम खर्च भएको लेखा अधिकृत दिलिप कुमार सिंहले बताउनुभयो । काम गर्ने क्रममा बजेट धेरै खर्च भएको हुनाले अवकालागि अपुग हुने देखिएको छ उहाले भन्नु भयो  । त्यसले गर्दा अन्य सम्झौता नभएका योजनाको बजेट यतिबेला कोरोना रोकथाम र नियन्त्रणमा स्थानान्तरण गरेर खर्च हुदै गएको उहाको भनाई छ । 

        यता महाराजञ्जमा जस्तो समस्या कृष्णनगरमा पनि देखिएको छ । सिमाक्षेत्रमा अवस्थित पालिका कृष्णनगरमा पनि करिब ढेड करोड बराबरको रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत गहेन्द्र बहादुर डाँगीले बताउनुभयो । सक्रमित बिरामीको संख्या पालिकामा बढ्दै जादा उनीहरुको ब्यवस्थापन देखी सिमामा अलपत्र परेकाहरुको उद्धार उनीहरुलाई क्वारेन्टीनमा राखि खाना बस्नको ब्यवस्था मिलाउदा रकम खर्चको दर बढिरहेको उहाले जानकारी गराउनुभयो । 

    यस्तै शिबराज नगरपालिकामा पनि रोकथाम र नियन्त्रणको प्रयासमा १ करोड ३३ लाख ९८ हजार बढि रकम खर्च भईसकेको लेखा अधिकृत केशवराज गैरेले बताउनुभयो । यसैगरि बुद्धभूमि नगरपालिकामा हालसम्म ७० लाख ९६ हजार १ सय रकम खर्च भएको लेखा अधिकृत राम प्रसाद भट्राईले जानकारी दिनु भयो । जिल्लाको अर्को नगरपालिका कपिलवस्तु नगरपालिकामा अहिलेसम्म करिब ७० लाख बराबरको रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत चिरन्जीबी सापकोटाले बताउनुभयो । 

    यता बाणगंगा नगरपालिकामा अहिलेसम्म ५३ लाख ५९ हजार ७ सय ९८ खर्च भई भुक्तानी भएको लेखा अधिकृत रामचन्द्र मरासिनीले बताउनु भएको छ । भने नगरपालिकामा ७४ लाख ७२ हजार ५ सय ९५ रकम कोषमा जम्मा भएको उहाले प्रष्टयाउनु भयो । यता गाउपालिका तर्फ सबैभन्दा बढि रकम यशोधरा गाउपालिकामा खर्च भएको देखीएको छ । यशोधरा गाउपालिकामा अहिलेसम्म ७८ लाख ७४ हजार ६ सय १३ रकम खर्च भई भुक्तानी भएको देखिएको छ । जसमा राहत वितरणमा मात्र २४ लाख ८६ हजार ६ सय र क्वारेन्टीन निर्माण लगाएतका काममा करिब ५३ लाख बढि रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले जानकारी गराउनुभयो । 

    त्यसो त कोरोनाको महामारी शुरु भएदेखी बिभिन्न किसीमका समस्या झेल्दै आईरहेको बिजयनगर गाउपालिकामा अहिलेसम्म ५४ लाख ५० हजार ४ सय २१ रकम भुक्तानी भएको छ । तर  भुक्तानी हुन वाँकी धेरै रकम रहेकाले करिब २ करोडको हाराहारीमा रकम खर्च भएको गाउपालिका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्राईले बताउनुभयो । कोरोना महामारीको बिषम परिस्थितीमा २ पटकसम्म गाउपालिकामा आगलागीको क्षेति ब्यहोरी सकेको पालिकाले बिभिन्न चुनौतीहरुको सामना गर्दै क्वारेन्टाईन निर्माण , सिमा क्षेत्रमा म्यादी प्रहरी परिचालन ,दोस्रो चरणको पनि राहत कार्यक्रम लगाएतका थुप्रै कामहरु गरिसकेको उहाको भनाई छ ।

    खर्च नभएका विभिन्न शिर्षकका रकमहरु गरी  गाउपालिकामा कोषमा ३ करोड रकम जम्मा गर्ने निर्णय कार्यपालिकाले गरेको  समेत उहाले बताउनुभयो । यता मायादेबी गाउपालिकामा कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा करिब ४५ लाख खर्भ भई भुक्तानी भएको देखिएको छ । बजेट अपुग हुने देखिदै जान थालेपछि सम्झौता नभएका योजनाहरुको रकम कोरोना रोकथाममा खर्च गर्दै आएको गाउपालिका प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले बताउनुभयो । 

    यसैगरी यता शुद्धोधन गाउपालिकामा अहिलेसम्म ४० लाख ९३ हजार रकम खर्च भई भुक्तानी भएको देखिएको छ । अझै केही कामका रकम भुक्तानी नभएको प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले जानकारी गराउनुभयो । १० पालिकामध्ये अधिकांश पालिकाले अहिलेसम्म गरेका कोरोना नियन्त्रण र प्रयासमा भएको रकमको खर्चको भुक्तानी भएको छैन ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणकालागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ । जसमा खर्च भएको रकममध्ये केन्द्रीय सरकारबाट ६ अर्ब ३ करोड, सातै वटा प्रदेश सरकारबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट २ अर्ब ७६ करोड रुपैयाँ रहेको जनाइएको छ । केही स्थानीय तहले गरेको खर्च विवरण केन्द्रमा आइनपुगेकाले यो खर्चमा नजोडिएको पनि उल्लेख छ । 

    यसैक्रममा कपिलवस्तुका १० स्थानिय तहमा पनि कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा अहिलेसम्म करोडौ रकम खर्च भएको छ । १० पालिका मध्ये अधिकांश पालिकामा ५० देखी १ करोड बढि सम्मको रकम खर्च भएको छ । कोरोनो सक्रमंण दिनप्रदिन बढ्दै जादा अहिले पालिकामा मासिक रुपमा लाखौ रकम खर्च हुदै गएको छ । यसले गर्दा चालु आर्थिक बर्षको बजेट सकिन लाग्दा नाम मात्रका आईशेलन ,क्वारेन्टाईन निर्माण भएको भनेर टिकाटिप्पणी स्थानिय तहमाथि हुन थालेका छन । अहिले पालिकामा धेरै रकम खर्च भएपनि सबै कामको भुक्तानी भने भएको छैन । क्वारिन्टाइन तथा आइसोलेसन कक्ष निर्माण , राहत वितरण , औषधि, उपकरण र औषधिजन्य सामग्री खरिदको काममा अहिले स्थानिय तहमा खर्च धान्न नसकिने गरि बढिरहेको छ ।  

प्रकाशित : २६ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६