लुम्बिनी

प्रहरी नायव उपरिक्षक बुढाथोकीलाई अर्घाखाँची उद्योग बाणिज्य संघद्वारा स्वागत



अर्घाखाँची २७ जेष्ठ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा लक डाउनको बेला पनि सामाजिक दुरि कायम गर्दै अर्घाखाँची उद्योग बाणिज्य संघले  प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीलाई स्वागत गरेको छ ।उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले सबैको तर्फबाट खादा ओडाएर प्रनाउलाई स्वागत तथा सम्मान ब्यक्त गर्नु भएको थियो । प्रनाउ बुढाथोकी यहि जेठ २२ गते महोत्तरीबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सरूवा भई आउनु भएको हो ।

                कोषाध्यक्ष तुल्सिराम खनालको सन्चालन र वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको स्वागतमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले प्रनाउ बुढाथोकीको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै कोरोनाको महामारिमा सबैले उच्च सतर्कताका साथ काम गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले यो गम्भीर बेलामा पनि सम्झिएर स्वागत गरेकोमा संस्था प्रति आभार तथा कृतज्ञता ब्यक्त गर्नु भएको थियो । उहाँले कोभिड १९ को बेला गरिएको लकडाउनको परिपालन गर्न र सबै शुरक्षित रहि कामकाज गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारीहरू, बिषयगत समितिका अध्यक्षहरू, पत्रकार समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६