लुम्बिनी

रोटरी क्लब अफ बुटवलद्धारा प्रदेश नं ५ को सरकारलाई कोरोना परीक्षणका सामग्री प्रदान



बुटवल २७ जेष्ठ । रोटरी क्लब अफ बुटवलले प्रदेश नं ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई पिसिआर किट तथा स्वाब कलेक्शन लिड हस्तारन्तरण गरेको क्लबले जनाएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कृष्णप्रसाद पराजुली, डा सागर पौडेलसहितको टोलीले पाँच सय थान पिसिआर किट तथा एक हजार थान स्वाब कलेक्शन लिडसहितका सामग्री मन्त्री बराललाई बुझाएको हो ।

सो अवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परीक्षणका लागि सामग्रीको अभाव भएका समयमा रोटरी क्लबले गरेको सहयोगले धेरै सर्वसाधारण नागरिकको जीवन सुरक्षामा टेवा पुग्ने बताउनुभयो ।  रोटरीका अध्यक्ष श्रेष्ठले क्लबले दैनिक मजदूरी गरी जीवनयापन गरिरहेका परिवारलाई खाद्य सामग्री राहत र कोरोना संक्रमणको नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६