अर्थ-वाणिज्य

५ नंं. प्रदेश सरकारद्वारा १८ पक्की पुल निर्माण जारी



नवलपरासी, २७ जेठ । आर्थिक वर्ष २०७६÷०७७ मा   प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले  १८ पक्की पुल निमार्ण जारी राखेको छ ।   प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । 

        मन्त्रालयको  यातायात  पूर्वाधार निर्देशनालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा नौ, कपिलवस्तुमा पाँच र नवलपरासी ९ बर्दघाट सुस्ता – पश्चिम ० मा चार पक्की पुल निर्माण  भइरहेको छ । प्रदेश सरकारको लगानीमा न्यूनतम रु ६० लाखदेखि अधिकतम रु पाँच करोडसम्मको लगानीमा  पुल  निमार्ण  जारी रहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका कार्यालय प्रमुख एवं सिनियर डिभिजन इञ्जिनीयर ललितबहादुर न्यौपाने बताउनुहुन्छ । 

सशर्ततर्फ सङ्घीय सरकारको लगानीमा क्रमागतरुपमा सञ्चालन भएको पुलका निर्माणाधीन योजनामध्ये  रु एक करोड ७५ लाखको लगानीमा रुपन्देही स्थित चरंगे ९त्रिशूली ० खोला देवदह – पाल्पा सडक पुल र रु ४० लाखको लागतमा रुपन्देहीस्थित घमाहा पुल  निमार्ण योजना  सम्पन्न भएको जनाइएको  छ  ।  सशर्ततर्फकै  कपिलवस्तुको हुडरहवा खोला पुलको निमार्ण जारी छ भने  रुपन्देहीकै सुखौरा खोला सडक पुल र  कोठी खोला सडक पुल निमार्णको खरीद प्रक्रिया अघि बढाइएको छ । 

        प्रदेश सरकारको लगानीमा  चालु आर्थिक वर्षमा तीन जिल्लामध्ये सबैभन्दा बढी  रुपन्देहीका विभिन्न स्थानमा निमार्ण जारी छ । रुपन्देहीमा निर्माणाधीन पुलमा रु चार करोडको लागतमा कञ्चन नदी पुल ९ क्रमागत ०, रु चार  करोडको लागतमा त्रिशूली खोला भालुभाट पुल ९ सम्झौता सम्पन्न ०,  रु एक करोड ५० लाखको लागतमा   खहरे खोला पुल लडियाबास,  रु एक करोड ५० लाखको लागतमा    मिलक पार्क सडक पुल,  रु एक करोडको लागतमा  बान्द्रह खोला सडक पुल,  रु दुई करोड  ५० लाखको लागतमा धागो कारखाना चरङ्गे  झुम्सा सडकमा पर्ने चार कल्भर्ट पुल निर्माण, रु ६०÷६० लाखको लागतमा बबनी खोला पुल र  बैदाना खोला पुल तथा रु ४० लाखको लागतमा बङ्गाली खोला पुल निर्माणाधनी छन् ।  

        चालु आवमा कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा चार पक्की पुलको निमार्ण जारी छ । सोअनुसार रु पाँच करोडको लागतमा  कञ्चनिया खोला पुल ९ क्रमागत ०, रु दुई करोड पचास लाखको लागतमा गलाहा कुलो पुल, रु एकएक करोडको लागतमा  राजाकिया खोला पुल र  रु ६५ लाखको लागतमा कोइली खोला पुल निर्माणाधीन छन् । 

        नवलपरासी ९बर्दघाट सुस्ता – पश्चिम ० जिल्लामा समेत चालु आवमा  विभिन्न स्थानमा चार पक्की पुल निर्माण भइरहेका छन् । रु पाँच करोडको लागतमा  झरही खोला ९ क्रमागत ०, रु तीन करोडको लागतमा वनकट्टी र छडेनी जोड्ने मोटरेवल पुल,  रु दुई करोड २५ लाखको लागतमा तुरिया खोला पुल  र रु एक करोड ५० लाखको लागतमा बेलारी खोला पुल निर्माणाधीन छन् । 

        आगामी आव २०७७÷०७८ मा नयाँ योजनाभन्दा पनि क्रमागतरुपमा सञ्चालन योजनासहित यस वर्ष पूरा हुन नसकेका योजनालाई निरन्तरता दिने योजना रहेको कार्यालय प्रमुख एवंम् सिनियर डिभिजन इञ्जिनीयर न्यौपाने बताउनुहुन्छ । प्रादेशिक संरचनानुसार विसं २०७५ मा स्थापना भएको  सडक पूर्वाधार विकास कार्यालयले रुपन्देही,  कपिलवस्तु र नवलपरासी ९ बर्दघाट सुस्ता – पश्चिम ० का   तीन जिल्लामा पुल  र सडकको स्तरवृद्धिमा काम गर्दै आएको छ । (रासस)

प्रकाशित : २७ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६