अर्थ-वाणिज्य

किसानलाई मलखाद र जिल्लालाई १५ करोडको अख्तियारी देऊ : सांसद घिमिरे



कपिलवस्तु २८ जेठ । “खेतीपातिका बेला मलखाद उपलब्ध गराउन नसक्ने हो  भने नेपालमा कृषि क्रान्ति कसरी हुन्छ ? हामी आत्मनिर्भर कसरी बन्छौं ? मन्त्री ज्यू तपाईले नै भन्नु भएको हो यसपाली मलखादको अभाव हुदैन तर अहिले चरम अभाव छ तपाई किन मौन ? किसानको प्रश्नको जवाफ चाहियो । ” 

        यो भनाई राष्ट्रिय सभामा राष्ट्रिय सभा बैठकमा बिशेष समयमा बोल्दै  कपिलवस्तुकी सांसद विमला घिमिरेले बुधवार राख्नु  भएको  हो । उहाले तराईका उर्वरभूमी मध्येको एक मानिएको कपिलवस्तुमा खेतीपातीको समयमा पनि मलखाद नआएको भन्दै यस्तो प्रश्न गर्नु भयो । किसानले मदखाद चाहियो भन्दैछन्  मलखाद उपलब्ध गराउन नसके किसानसंग कसरी मुख देखाउने उहाले भाबुक हुदै भन्नु भयो । सरकारले किसानलाई निकास दिन सक्नु पर्ने उहाको माग थियो । 


सत्तारुढ दलकै सांसदले पनि सदनमा जनताको जीवन र  जीविकासंग सम्वन्धित महत्वपूर्ण प्रश्न राखेर सरकारको ध्यानाकर्षण गराउने क्रममा उहाले यस्तो प्रश्न राख्नु भएको हो । उहाले कृषि मन्त्री घनश्याम भुसालले यसपाली रसायनिक मलको अभाव हुदैन भन्दा खुशी भएको वताउदै अहिले त्यो खुशी हराएको सुनाउनु भयो ।

        सांसद घिमिरेले कपिलवस्तु देशकै सबैभन्दा धेरै कोरोना  संक्रमित हुने जिल्लामा परेका भन्दै  जिल्लाकालागि संघिय सरकार र प्रदेश सरकारले फरक मापदण्डका साथ कपिलवस्तुलाई कोरोना विरुद्धको लडाईमा सघाउन समेत माग गर्नु भयो । मुलुकभरमा ४ हजार बढी संक्रमित हुदा कपिलवस्तु एक्लैमा ५७५  जना संक्रमित भएको तथ्यले कपिलवस्तु संघिय सरकारको जोडदार सहकार्यको प्रतिक्षामा रहेको प्रष्ट पार्नु भयो । 

उहाले सरकारले क्षमता अनुसारको काम गरेको औल्याउनु भयो तर कपिलवस्तुकालागि विशिष्ट परिस्थती आएकाले स्वास्थ्य क्षेत्रमा  यथेष्ट लगानीको माग गर्नु भयो । सरकारले लगानी वढाउन उहाले विकल्प पनि प्रस्तुत गर्नु भयो ।

      तत्कालिन जिविस कपिलवस्तुको खातामा रहेको करिव १५ करोड बजेट कपिलवस्तुको कोभिड बिरुद्धको कोषमा स्थानान्तरण गरेर कोरोना अस्पत्ताल र हरेक पालिकामा आइशोलेशन वनाउने काममा खर्च गर्न तत्काल  रकमान्तरको निकास दिन अर्थमन्त्री यूवराज खतिवडाको ध्यानाकर्षण गराउनु भयो । अहिले पनि जिविस कपिलवस्तुको तत्कालिन कोषमा १५ करोड बढी बजेट रहेको छ । 

    घिमिरेले आरडीटीको विश्वासनीयता माथि प्रश्न खडा भएकोले क्वारेण्टाइनमा रहेका सबैको पिसिआर परीक्षण हुने ब्यवस्था तत्काल मिलाउन माग गर्नु भयो । उहाले महिला माथि हुने हिंसा लकडाउनक बेला बढि रहेको भन्दै तिलोत्तमा घटनावारे छानविनको माग गर्नु भयो । 

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६