लुम्बिनी

क्वारेन्टीनमा योगाभ्यास र नाच गान



कपिलवस्तु ३० जेष्ठ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा रहेका नेपाल आर्दश माविको क्वारेन्टीनमा बसेका ७३ बर्षीय वृद्ध खिम बहादुर भट्टराईको अहिले घरमा बसेको जस्तो दैनिकि छैन । वृद्ध उमेर सम्म योगा नगरेका भट्टराईको अहिले दैनिकि योगा र नाचगानमा बित्ने गरेको छ । “विहानै उठ्छु , नित्य कर्म पछि  योग सुरु हुन्छ ,योगा गर्नाले शरिर फुर्तीलो हुदो रहेछ’ उनले भने  “कोरोन अब लागे पनि  डर छैन, कसरी बच्ने आत्मबल कसरी बढाउने भन्ने कुरा मैले यहि बस्दा बुझि सके,।

        वृद्ध सगैं क्वारेन्टीनमा बसेका २४ जनालाई कोरोनालाई जित्न सक्छु भन्ने आत्म विश्वास जागेको छ । नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको क्वारेन्टाइनमा बसेका उनीहरुको दैनिकी व्यायम योगा र नाचगानबाट सुरु हुन्छ । “क्वारेन्टानमा आएको ६  दिन भइसक्यो तर बाहिर बसे जस्तो अनुभव भएको छैन , आफ्नै घरमा बसेको छु भन्ने भान भएको छ ” भारतबाट  आएकी १८ बर्षीय किशोरीले भनिन् “हामीलाई विहान विभिन्न जडिबुटि मिश्रित तातो पानी खाने गरेका छौ ।

                 क्वारेनटानमा बसेकोहरुको आत्मविश्वास बढाउन हरेक दिन विहान व्यायम योगा र नृत्यको समय तालिका रहेको  क्वारेन्टीन व्यस्थापक शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनु भयो ।  क्वारेन्टाइनमा  खाना,खाजा, नास्ता र नाच अनि योगको समय तालिका रहेको छ सोहि तालिका अनुसार नै हामीले नियमित उनीहरुलाई खुसी राख्ने प्रयासमा छौ पौडेलले भन्नु भयो यो अवस्थामा मनमा धेरै कुरा खेल्ने गर्दछन् त्यसलाई भुलाउन विभिन्न राचनात्मक काम गर्न जरुरी छ । नेपाल आदर्श माध्यमिक विद्यालयको क्वारेन्टीनमा अहिले गर्भवती महिला सहित २ महिने बालक पनि रहेका छन् ।

          क्वारेन्टाइन व्यवस्थापक टिमले उनीहरुको लागि पनि विशेष व्यवस्था गरेको जनाएको छ । गर्भवती र शिशुको आमाका लागी आवश्यक पौष्टिक आहारको व्यवस्था गरिएको पौडेलले बताउनुभयो । गर्भवती महिलाको गर्नुपर्ने नियमित स्वास्थ जाचँको सेवा पनि क्वारेन्टीनमा नै उपलब्ध गराइएको उहाँले बताउनु भयो । कोरोना जित्नको लागी आत्मबल बलियो हुनुपर्छ हामी यहाँ बसेकाहरुलाई भोलि रिपोर्टले कोरोना पेजिटिभ देखायो भने पनि कसरी आत्मबल बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने सिकाएको हरेक दिन विहान शारिरीक व्यायम सहित योग अभ्यास दिदै आएको शिवराज नगरपालिका वडा १ का अध्यक्ष जगत जिसीले बताउनुभयो ।

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६