ब्रेकिंग न्युज

प्रदेश प्रयोगशालामा ८ हजार स्वाव परीक्षणको पखाईमा ,नतिजा आउन १० दिन बढी लाग्दै



बुटवल ३२ जेठ   कोरोना संक्रमण बढ्दै गएपनि प्रदेश ५ मा कोरोना संक्रमण आशंकाका व्यक्तिको स्वास्थ्य जाँचको अनुपात बढाउन सकिएको छैन । जसले गर्दा पीसीआर जाँचका लागि लिइएका स्वाब प्रयोगशालामा थुप्रिएका छन् । प्रदेशमा ७ हजार ७ सय ७७ स्वाब परीक्षणको पर्खाइमा छन् । तिनको नतिजा आउन कम्तीमा १० दिन लाग्ने जनाईएको छ ।

    सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रयोगशालाको क्षमता बढाउन नसक्दा स्वाब परीक्षणमा ढिलाइ भएको प्रेसपाटीलाई  वताउनु भयो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभित्रका प्रयोगशालाले नधानेपछि पहिल्लोसमय स्वाब परीक्षण गर्न काठमाडौंसँगै गण्डकी प्रदेशको पोखरा र वागती प्रदेशको हेटौंडासमेत पठाउने गरिएको छ । कोरोना संक्रमण थाहा पाउने सबैभन्दा भरपर्दो विधि पीसीआर हो । प्रदेशमा अहिलेसम्म २७ हजार ७३ को पीसीआर जाँच भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। यता  कपिलवस्तुमा शनिवार थप २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ६ सय ३४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मायादेवी गाउँपालिकामा १४ जना, महाराजगंज नगरपालिकामा ४ जना, कपिलवस्तु नगरपालिकामा ४ जना, शुद्धोधन गाँउपालीकामा २ जना र बिजयनगर गाउँपालिकामा ५ जना थप भएका छन । थप भएका ७ वर्ष देखी ५० वर्ष उमेर समुहका भएको जिल्लाका कोरोना फोकल पर्सन कुमारथापाले प्रेसपाटीलाई जानकारी दिनुभयो ।

        कपिलवस्तुमा हाल सम्म यशोधरा गाउपालिकामा १६८ जना, महाराजगंज नगरपालिकामा १२२ जना, मायादेवी गाउँपालिका ६७ जना, कृष्णनगर नगरपालिकामा ७१ जना, शिवराज नगरपालिकामा ५८ जना, शुद्धोधन गाउँपालिकामा ३५ जना, कपिलवस्तु नगरपालिका ३४ जना, बुद्धभुमी नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २३ र विजयनगर गाउपालिकामा २७ जनामा संक्रमण भएको पुष्टी भएको छ ।  

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६