कपिलवस्तु ३२ जेठ । कपिलवस्तुमा मात्र लकडाउन नहुने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ । उहाले यतिबेला सामाजिक दुरी कायम गरेर अर्थतन्त्र र विकास निर्माणका काम सुचारु गर्नु पर्ने आबश्यकता बोध राज्यले गरेकाले सोही अनुसार नै कपिलवस्तु पनि अघि वढेको वताउनु भएको छ । कोरोना संक्रमण उच्च भएका जिल्लाहरुमा लकडाउन कायमै राख्ने भनेर निर्देशन नआएको हुदा आधारभूत अवश्यकताका पसलहरु खोल्दा समयअबधी तोकिएको भएपनि अव विहानै देखि साझ सम्म खोल्न पाउने वताउनु भयो
तर सामाजिक दुरी कायम गरेर ब्यापार गर्ने सुनिश्चितता सम्वन्धित पसलधनीले मिलाउनु पर्ने उहाँको भनाई रहेको छ । सरकारी गैरसरकारी कार्यलयहरु दुइसिफ्टमा खोल्ने संघिय सरकारको मापदण्ड अनुसार सेवा सूचारु हुने वताउनु भयो । यस्तै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक सूचना प्रकाशन गरि स्वास्थ्य संग सम्वन्धीत सवै सेवा निजि क्लिनिक समेत, सवै प्रकारका कृषि र पशुपंक्षि व्यवसायको उत्पादन देखि विक्रि वितरण सम्म, उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सवै प्रकारका ढुवानी सेवा संचालन गर्ने गरि सूचना प्रकाशन गरेको छ ।
यस्तै फोहरमैला व्यवस्थापन, वैक तथा वित्तीय संस्था, विकास आयोजना, निर्माण कार्य जिन्सी सहित, नदिजन्य पदार्थको उत्खनन् ढुवानी तथा विक्रिवितरण र रेष्टुरेन्ट वाट प्याकिङ गरि उपलव्ध गराउने तथा क्वारेन्टाईनको लागि तोकिएको होटल संचालन गर्न सक्ने गरि सूचना प्रकाशन गरेको हो ।
यस्तै प्रशासनले हाललाई शैक्षिक संस्थाहरु विद्यालय, कलेज, तालिमकेन्द्र, सवै प्रकारका तालिम, गोष्टी र सेमीनार, भेला, प्रर्दशन, सम्मेलन, सिनेमाहल, पार्टिप्यालेस, मनोरन्जन स्थल, स्पा, सैलुन तथा व्युटिपार्लर, समुहमा हुने खेलकुद, जिमखाना, यात्रुवाहक सवारी साधन लगाएतका कुराहरुमा रोक लगाएको समेत जनाएको छ ।
प्रतिक्रिया