अर्थ-वाणिज्य

३ बुदे सहमति पछि गाउको ब्लेक आउट हटयो,प्रदेश सांसदको पहलमा समझदारी



तौलिहवा १ असार   कपिलवस्तुमा विधुत चोरीमा संलग्न र करवाहीकालागि ब्लाकआउट गर्ने विधुत प्राधिकरणका बीच ३ बुदे सहमति भएकोछ । प्रदेश सभाका सदस्य सहसराम यादवको रोहबरमा गाँउले र कर्मचारी बिच तिन बुदे सहमती भए पछि गाँउको ब्ल्याक आउट आइतवारवाट हटेको नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख ईन्जिनियर जय कुमार यादवले जानकारी दिनुृ भयो ।

    लिखित सहमतीमा घटनाका दोषीलाई बिद्युत चुहावटमा संलग्न रहेकोमा कारवाही गर्ने, अभद्र ब्यवहार  गरिएका कर्मचारी सँग स्थानीयले संयुक्त रुपमा माफी माग्ने तथा बिद्युतका कर्मचारी अब पुनः गाँउमा जादा सद्भाव पूर्ण ब्यवहार गर्ने निर्णय भएको छ । यस्तै गाँउमा पुर्ण रुपमा चुहावट नियन्त्रण गर्ने गराउने र ट्रान्सफर चालु गर्ने निर्णय भएको जनाईएको छ ।नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रबाट चुहावट नियन्त्रणका लागी खटिएको टोलीलाई दुरबयवहार  गरिए पछि बलहुवामा गरिएको ब्ल्याक आउट हटाईएको सांसद शहसराम यादवले प्रेसपाटीलाई जानकारी दिनु भयो ।कर्मचारीलाई गाली गलौज  गर्नेहरुलाई कारवाही गर्न स्थानिय सहमत भए पछि गाँउमा गरिएको ब्ल्याक आउट हटाईएको हो ।

    शुक्रबार राती तौलिहवा बितरण केन्द्रको टोली मायादेवी गाँउपालिका वडा नम्बर ५ को बलुहवामा बिद्युत चुहावट भै रहेको सुचनाका आधारमा पुगेको थियो । स्थानिय राजाराम यादवको घरमा चुहावट फेला पारी टोलीले घरको मोटर सहितका सामाग्री नियन्त्रणमा लिन प्रयास गरेको थियो । सोही समयमा राजारामका छोराहरु प्रकाश यादव र सत्य प्रकाश यादव सहितको टोलीले गाली गलौज र अभद्र ब्यवहार गरेका थिए ।  सो पश्चात शुक्रबार राती करिब १० बजे देखी नै बिद्युत कर्मचारीको टोलीले गाँउको ट्रान्समिटरको फ्युज काटी गाँउनै ब्ल्याक आउट गराएका थिए । 

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६