प्रदेश

सार्वजनिक यातायात खुल्ने अनिश्चित



काठमाण्डौ ३ असार । नेपालटारबाट पुतलीसडकको एक निजी बैंकमा काम गर्न आउने सरिता थामीसँग आफ्नै स्कुटर छैन । साइकल पनि चलाउन जान्दिनन् । लकडाउनअघि उनी सार्वजनिक बस चढेर कार्यालय आउने–जाने गर्थिन् ।लकडाउन खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालन नभएकाले अहिले उनी ९ बजे कार्यालय आइपुग्न ७ बजे नै कोठाबाट खाना टिफिनमा राखेर पैदलै हिँड्छिन् ।कहिलेकाँही मौका परिहाले साथीको मोटरसाइलको पछाडि बसेर आउँछिन् ।

                    अहिले उनी जस्ता धेरै जनता छन्, जो आफ्नो दैनिक अत्यावश्यक काममा आउन–जान पैदल हिँड्न बाध्य छन् । निजी सवारीलाई जोर बिजोरको आधारमा खुला गरिएपनि सार्वजनिक सवारी प्रयोगकर्ताहरुलाई पनि अहिले अनेकन समस्या छन् । सार्वजनिक यातायातको प्रयोग गर्नुपर्नेहरु निम्न वर्गका मानिसहरु त झनै मारमा परेका छन् ।

                    बजार, पसल र कार्यालयहरु खुलेपछि आफ्ना आवश्यक काममा गन्तब्यसम्म पुग्न निजी सवारी नभएकाहरुलाई अति कठीन छ । सरकारले मोटरसाइकलमा दुईजना बस्न नपाइने नियमले सवारी चलाउन जान्नेले मात्रै सवारी यात्रा गर्न पाउने अवस्था छ ।यसले गर्दा सडक पेटीमा पैदलयात्रुको संख्या बक्लिन थालेको छ । लकडाउन खुकुलो भएपछि विभिन्न प्रयोजनमा आवत–जावत गर्ने धेरै पैदल हिँड्दैछन् ।

             सरकारले भने सार्वजनिक सवारी कहिलेबाट खुल्छ भन्ने स्पष्ट गरेको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी र मन्त्रिपरिषदले गर्ने निर्णयका आधारमा मात्रै सार्वजनिक सवारी खुल्ने भएकाले विभागीयस्तरमा त्यसको जानकारी नहुने बताउँछन् ।

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६