ब्रेकिंग न्युज

संविधानको दोस्रो संशोधन विधेयेक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित



काठमाण्डौ ४ असार । नेपालको संविधानको दोस्रो संशोधन विधेयेक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नको लागि पेस भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो । राष्ट्रिय सभामा उपस्थित ५७ जना सांसदले नै संविधान संशोधनको पक्षमा मतदान गरेका छन् । यसअघि यो विधेयक प्रतिनिधि सभाबाट पनि सर्वसम्मत पारित भइसकेको छ । सरकारले भारतले कब्जा गरेका लिम्पियाधुरा, लिपु्लेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको छ । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न सरकारले विधेयेक ल्याएकोमा संसदका दुवै सदनले पारित भएको छ । अब यो विधेयेक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ । 

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६