अन्तर्राष्ट्रिय

गुल्मी स्तब्ध : गोर्खा सैनिकले भारतीय सिमा रक्षामा ज्यान गुमाए



गुल्मी ९ असार । भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तान तर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको जनाएको छ ।

         गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् । यता गुल्मीका वासिन्दाले अर्काको भूमी रक्षामा ज्यान गुमाएको भन्दै स्तब्ध भएका छन् । अव गोर्खा सैनिकहरु जागिर छाडेर स्वदेश फर्कने वेला आएको वताएका छन् । 


प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६