देश

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण



काठमाडौँ, ९ कात्तिक :

\संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेकसमेत हस्तान्तरण गर्नुभयो । आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराउनुभएको हो । सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डीएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । —

प्रकाशित : १० कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६