शिक्षा

समसामिक बिषयमा “शैक्षिक बहस “



काठमाडौँ १७ असार ।  नेपाल कमर्श क्याम्पस, मीनभवनका बिबिए संकायका विद्यार्थीहरूले व्यक्तित्व र उध्यमी मानसिकताको विकास गर्ने हेतुले खोलेको क्लब, स्मार्ट एन्सी.सी.बिबिएले असार १० गतेका दिन शैक्षिक बहस विषयमा अनलाइन माध्यम (जुम एप्लिकेसन) मार्फत एउटा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा।डा। शिवलाल भुषाल र नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख प्रा।डा। जीवन कुमार भट्टराई सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मध्यस्तकर्ताको भूमिका त्यही क्याम्पसका पूर्व विद्यार्थी एवम् उध्यमी अशेष भण्डारीले गर्नुभएको थियो । 

           कोविड(१९ ले निम्त्याएका चुनौतीहरू लाई कसरी त्रि।वि र त्यसभित्र रहेको एउटा सरकारी क्याम्पस एन्।सी।सी। ले व्यवस्थापन गरिरहेको छ र आगामी दिन मा के(कस्ता कार्यक्रमहरू ल्याउने तयारीमा छ जसले भविष्यमा हुनसक्ने यस्ता अनिश्चिततालाई पनि प्रबन्ध गर्न सकोस भन्ने विद्यार्थीहरूका जिज्ञासा रहेका थिए ।  यिनै प्रश्नहरूको प्रतिउत्तरमा डा। भुसालले यसका लागि एउटा छुट्टै समिति गठन गरिएको र यसमा कार्य भैरहेको बताउनु भएको छ । त्रि।वि।मा अन्य विश्वविद्यालय भन्दा अत्याधिक विद्यार्थी संख्या भएको र देशको पुरानो विश्वविद्यालय भएका कारण त्रि।वि।ले सबै कार्यक्रमहरू अनलाइन मार्फत गर्न नसकिने तर भावी दिनमा हुने यस्ता चुनौतीसँग लड्नका लागि योजनाहरू बनाउने जानकारी डा। भुसालले प्रदान गर्नु भएको छ ।

        सबै विद्यार्थीसँग सम्पर्क गर्न नसकिने हुनाले पनि के(कस्तो निर्णय गर्ने भन्ने निश्चित गर्न नसकेको र यसलाई कम गर्न छिटो नयाँ ढाचा अनुसारको शिक्षा प्रणाली ल्याउने बताउनु भएको छ । लकडाउन सुरु भएको १(२ हप्ता देखि नै त्रि।वि।ले के कस्ता कार्यहरू गर्न सकिन्छ भनेर पहल सुरु गरेको थियो । त्यसका लागि आवश्यक कर्मचारीलाई तालिमको व्यवस्था भैरहेको  तर अहिलेसम्म परीक्षा के(कसरी र कहिलेसम्म हुने टुङ्गो त्रि।वि।ले गर्न नसकेको पनि बताउनु भएको छ । 

              आवश्यक जनशक्तिको अभावले अवकाश लिइसकेका शिक्षकशिक्षिकालाई पनि पुनः पढाउनका लागि बोलाउनु परेको र भाबि योजनाका अनुरूप अनलाइन पुस्तकालयको पनि व्यवस्था भैरहेको बेला प्रत्येक संस्थाको लागि छुट्टै इमेलको पनि व्यवस्था गर्ने तरखरमा त्रि।वि। रहेको हुनाले त्रि।वि।ले आवश्यक मानव संसाधन चयन गर्नको लागि मानव संसाधन योजना प्रणाली प्रयोग गरोस् भन्ने सुझाब सहभागि विद्यार्थीले दिएका छन् ।

               त्यसै गरि डा. भट्टराईले विद्यार्थीहरू सँग सम्पर्कमा आएर के कस्तो योजना ल्याई अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गरी त्यसैअनुसार कार्य अगाडि बढाउने र अहिले पनि कतिपय कक्षाहरू अनलाइन मार्फत भैरहेको जानकारी दिनु भएको छ । सूचना प्रविधि कक्षाको व्यवस्थापन गरी विद्यार्थीहरूलाई पढ्ने व्यवस्था मिलाएको कुरा पनि उहाँले उक्त कार्यक्रममा व्यक्त गर्नुभएको छ । 

                  यो अवस्थालाई हेर्दा त्रि।वि।ले भविष्यमा पक्कै पनि यस्ता अनिश्चित गतिविधिलाई कम गर्ने ढाँचा ल्याउँछ भन्ने आशा विद्यार्थीले गरेका छन् । साथै त्रि।वि।को कुनै पनि कमीकमजोरीले विद्यार्थीहरूको भविष्य र समय व्यर्थमा नजाओस् भन्ने आशा हरेक विद्यार्थी तथा उनका अभिभावकहरूको रहेको छ ।

            यी दुई बुद्धिजिवीको कुरालाई नियाल्दा विद्यार्थीहरूमा सकारात्मकता झुल्केको छ र सबैको भरोसा देशको पहिलो विश्वविद्यालय, त्रि।वि।मा रहेको पनि देखिन्छ । त्रि।वि।ले छिट्टै नै केही योजना ल्याएर यो समस्यालाई समाधान गर्नेछ भन्नेमा विद्यार्थीहरू आशावादी रहेका छन् ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६