जीवनशैली

सलहको ठूलो झुण्ड नेपाल आउदै , पानीपरे यात्रा अबरुद्ध हुने



काठमाण्डौ  १७ असार । भारतको भागलपुर तथा मोतिहारीमा रहेको सलहको झुण्ड दार्जिलिङतर्फ अघि बढेकोले त्यो झुण्ड नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । केन्द्रले त्यो झुण्ड नेपाल आएमा तराई, भित्री मधेश र तल्लो पहाडको क्षेत्रमा क्षति गर्ने भन्दै सचेत रहन आग्रह गरेको हो । 

        यसैबीच तराईको बारा तथा रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको सलह अहिलेसम्म २४ भन्दा बढी समूहमा बाँडिएर कपिलवस्तु सहित देशका ३१ भन्दा बढी जिल्लामा पुगेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा प्रवेश गरेको झुण्डमा झण्डै २५ लाख सलह किरा रहेका छन् भने मकवानपुर प्रवेश गरेको झुण्डमा १० लाखभन्दा धेरै सलह रहेको केन्द्रले अनुमान गरेको छ । यता सोमबार साँझ रुपन्देहीमा हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड टुक्रिँदै बुधबार प्युठान पुगेको छ । भैरहवाबाट टुक्रिएर झुन्ड दाङ र अर्घाखाँची हुँदै बुधबार प्युठानभर फैलिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रबाट मंलबार भित्रिएको सलह बुधबार जिल्लाका धेरै स्थानहरुमा फैलिएको वताउनु भयो । 

    यस्तै अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि कपिलवस्तु सहित नेपालको तराईका जिल्लामा देखापरेको सलह प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने वताईएको छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन डा बूढाथोकीले भन्नुभयो । नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ ।   पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ  ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६