अन्तर्राष्ट्रिय

कोठामा थुनिएको अवस्थामा दिल्लीबाट अलपत्र ६ नेपाली महिलाको उद्धार



चन्द्रौटा,१९ असार  भारतको दिल्लीमा अलपत्र परेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगंञ्जको नाका हुँदै भारत प्रवेश गरेको उनीहरुलाई तेस्रो मुलुक पु¥याईदिने भन्दै भारतको परारी जोरदा भन्ने ठाउँमा पु¥याइएको थियो । शान्ति पुनस्थापना गृहको पहलमा उनीहरुलाई शुक्रवार कृष्णनगर नाका हुदै नेपाल प्रवेश गराइएको छ । मोरङका ४ महिला,झापाकी १ महिला र पर्वतकी १ महिलालाई उद्धार गरिएको शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताउनुभयो ।

                महिलाहरुलाई कुबेत र ईरानमा निशुल्क पठाइदिने भन्दै भारत पु¥याएर कोठामा थुनेर राखेको सुचनाको आधारमा त्यँहा रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो । ति महिलाहरुलाई प्रलोभनमा पारेका एक महिला र एक पुरुष रहेको भन्ने सुचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो । महिलाहरुलाई शुक्रवार नै थप अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्युरो काठमान्डौ पठाइएको गृहकी कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिनुभयो ।

 

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६