काठमाडौं, २३ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउन पछि स्थगित भएका परीक्षा सञ्चालनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दुई साताभित्र निर्णय गर्ने जनाएको छ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र निर्णय हुने जानकारी दिनुभएको हो । ‘परीक्षा सञ्चालन सम्बन्धी गठित समितिले अहिले छलफल गरिरहेको छ, अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुने त्रि.वि. स्रोतले जनाएको छ ।
त्रि.वि.का अनुसार अनलाइनबाट परीक्षा संचालन गर्नुपर्ने भए त्रि.वि.ले पहिल्यै सूचना जारी गर्ने र अनलाइनबाट परीक्षा गराउने भन्ने बाहिर हल्ला सुनिए पनि यस विषयमा अहिलेसम्म त्रिविले केही निर्णय गरेको छैन ।
प्रतिक्रिया