रुपन्देही १७ साउन । रुपन्देहीमा एक विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा प्रदेश सरकार र पालिकाले १ करोड ३० लाख लागतमा निर्माण जारी राखेको सार्वजनिक उद्यान तोडफोड भएको छ । घटना स्थालमा समयमै पुगेको प्रहरीले भने तोडफोडको साछी बनेर हेरेर बसेको र नरोकेको वताइएकोछ । यसै बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक सम्पति तोडफोडको पुर्व सूचना पाएर पनि प्रहरीले नरोकेको भन्दै रुपन्देहीबाट प्रदेश सभामा निर्वाचित सांसद तुल्सी चौधरीले आक्रोस ब्यक्त गर्नु भएको छ ।
घटना विवरण अनुसार शुद्धोधन गाउपालिका वडा नम्बर ५ दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणको लागि गरिएको तारबार र पर्खाल भत्काउनेहरुलाई प्रहरीले सहयोग गरेको उहाको आरोप छ ।शुद्धोधन गाउपालिकाले मानपकडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद चौधरीले दिउसोको समयमा दर्बाहको संरचना धमाधम भत्काईरहदा समेत घटनास्थलमा रहेको प्रहरी निरिक्षक सहितको टोली रमिते बनेर बसेको भन्दै आक्रोस ब्यक्त गर्नु भयो ।
मैले आफैले घटनाका बारे पुर्व सुचना पाएर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए प्रहरी घटनास्थल पुग्यो तर सार्वजनिक सम्पती क्षती गराउदा समेत प्रहरी चुपचाप बस्यो चौधरीले भन्नु भयो । त्यस्तो प्रहरी के काम उहाले प्रश्न गर्नु भयो ?मानपकडीको दर्बाहमा गाउपालिकाले दर्बाह मन्दिर र सोको वरिपरिको खाली जमिन समेटेर दर्वाह उद्यान बनाएको र उक्त उद्यानको लागि पालिकाले गुरुयोजना नै बनाएर स्थानियको सहमतिमा काम गरिरहेको दावी गर्दै आएको छ ।पत्रकार सम्मेलनमा पालिका अध्यक्ष किशुनचन चौधरीले सार्वजनिक सम्पतिको संरक्षणमा सुरक्षा दिन नसक्ने प्रहरीको कामै नभएको भन्दै तत्काल तिनका प्रमुखलाई समेत कारबाहि गर्नुपर्ने माग गर्नु भयो ।
“ जसले सार्वजनिक सम्पति तोडफोड गरेको हेरेर बस्छन, तिनले भोलि मान्छे मरिरहदा पनि यस्तै रमिते हुने डर सृजना भएको छ , यस्ता प्रहरी हामिलाई चाहिदै अध्यक्ष चौधरीले भन्नु भयो । सम्मेलनमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनिले प्रहरीले चाहेको भए त्यो घटना नहुने बाताबरण रहेको दावि गर्नु भयो । “अराजक समुहले तोडफोड गर्दा प्रहरीले रोकेन जसले गर्दा उनिहरु उत्साहित भएर झनै जथाभाबि तोडफोड गरे उहाले प्रष्टयाउनु भयो । ”शुद्धोधन गाउपालिकाको पहिलो गाउ सभाले ४० लाख बिनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन शुरु गरेको थियो । त्यसपछि आव ०७४/०७५ मा शुरु भएको गुरुयोजना ०७५/०७६ मा पनि ४० लाख बजेट बिनियोजन भई नदि तटबन्ध भईसकेको छ ।
गत आवमा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख गाउपालिकाको ५० लाख र प्रदेश सरकारको वित्तिय समानिकरण बजेटबाट ५० लाख सहित १ करोड ३० को लागतमा काम भईरहेको थियो । दर्बाह मन्दिरको ऐतिहासिकता सहित संस्कृति झल्किनेगरि उद्यान निर्माण गर्ने र जोडिएको नदिमा डुंगा चलाउने तयारी सहित काम भईरहेको गाउपालिकाले जनाएको छ । उक्त स्थानमा शुक्रबार दिउसो सियारी गाउपालिका वडा नं ५ मा रहेको बिरेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरी, स्थानिय शेर बहादुर काफ्ले र विपिन कुर्मिको नेतृत्वमा तार जाली, पर्खाल तोडफोड गरिएको पालिकाले दावि गरेको छ ।
अध्यक्ष किशुनचन चौधरीले सार्बजनिक सम्पति तोडफोड गर्नेहरुलाई सार्बजनिक फौजदारी अपराधमा कारबाही गर्न र तिनिहरुबाटै नस्ट गरिएको संरचनाको मुल्यांकन गरि क्षतिपुर्ति दिलाउन सम्बन्धित निकायसंग माग गर्नु भयो । रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापाले भने करीव ४/५ सयको संख्यामा आएको समुहले तोडफोड गरेको र स्थानीय प्रहरीले नियन्त्रण गर्न सक्ने अवस्था नरहेकोले थप मद्दत पठाएर तोडफोड नियन्त्रण गरिएको दावि गर्नु भयो ।
प्रतिक्रिया