अन्तर्राष्ट्रिय

भारत : कोरोनाको ‘भयावह’ स्थिती, संक्रमित २० दिनमै दोब्बर,२० लाख नाघे



काठमाडौं, २३ साउन । छिमेकी देश भारतमा कोरोना भाइरसले ‘भयावह’ रुप लिंदै गएको छ ।पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ । संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो ।वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर गरेर दुई लाख ७१ हजार नौ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । गत २० दिनको अवधिमा भारतमा संक्रमितको संख्या दोब्बर भएको हो ।यस अवधिमा भारतमा मात्रै ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ । यसबीचमा अमेरिकामा ५८ हजार तीन सय ३८ र ब्राजिलमा ५४ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ 

        कोलम्बियामा बिहीबार एकै दिन झण्डै १० हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ । शुक्रबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार त्यहाँ २० लाख २५ हजार चार सय नौ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमणको कारण अहिलेसम्म भारतमा ४१ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणको कारण नौ सयले ज्यान गुमाएका छन् ।

        पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय २६, अमेरिकामा ११ सय ८२, मेक्सिकोमा ८ सय २९, दक्षिण कोरियामा तीन सय ६, कोलम्बियामा तीन सय १५ जनाले ज्यान गुमाएका छन् ।  अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३७ हजार सात सय ४८ पुगेको छ भने मृतकको संख्या सात लाख १७ हजार पाँच सय २७ पुगेको छ । एजेन्सी

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६