कपिलवस्तु २६ साउन । चियाले पालेर गंभीर घाईते भएकी कपिलवसतु नगरपालिका– ८ मैनिहवाकी एक बार्षिया बालिकाकाको उपचारको क्रममा मृत्यु भएको बिषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ । शनिवार उपचारको क्रममा गुलाम मुसलमानकी एक बर्षिया छोरी सोफियाको मृत्यु भएको थियो । बालिकाको मृत्यपछि मृतक बालिकाका आफन्तहरुले उपचारमा लापरबही गरिएकाले बालिकाको मृत्यु भएको भन्दै शनिवार अबेर राति सम्म प्रशासन कार्यालय घेराउ गर्दै बिरोध प्रर्दशन गरेका थिए् ।
प्रर्दशनपछि प्रशासन कार्यालमया प्रशासन कार्यालय, पीडीत बालिकाको पक्ष, अस्पतालका प्रतिनिधिहरु बिच भएको छलफल पछि सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले वताउनु भयो । समितिको सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक सुनिल मल्ल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत र कपिलवस्तु अस्पतालका डाक्टर पुर्ण घर्ती मगर रहनु भएको छ ।
समितिलाई घटनाको अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिईएको छ । समिति गठन भए पछि शवको राति नै पोस्टमर्टम गरिएको थियो । शवको दाहासंस्कार भई सकेको छ । अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नगरिएको दाबी गरेको छ ।
प्रतिक्रिया