गण्डकी

गोठ भत्किँदा ४ लाखको क्षति



स्याङ्जा २६ साउन ।  स्याङ्जाको अर्जुनचौपारी–२ लामडाँडामा आज बिहान कच्ची धन्सार गोठ भत्किँदा साढे चार लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गएराति परेको वर्षाका कारण लामडाँडाका ५५ वर्षीय लालबहादुर गुरुङको दुईतले कच्ची धन्सार ९गोठ० भत्किँदा उक्त गोठमा रहेका दुईवटा भैँसी पुरिएर मरेका छन् । धन्सारमा रहेका अन्नपात पुरिएर नष्ट भएको छ । आज बिहान भएको उक्त घटनामा अन्य कुनै पनि मानवीय क्षति नभएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६