जीवनशैली

बिश्वमा औषत १देखि २ प्रतिशत संक्रमण फैलिएपनि नेपालमा ०.१ प्रतिशत मात्र हुनु सकारात्मक :डब्ल्यूएचओ



काठमाडौं १० भदौं, । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड(१९ )को संक्रमण सुरुवात मात्र रहेको बताउदै संक्रमण जति धेरै विस्तार भएपनिकोरोना संक्रमण फैलिएको अन्य मुलुकको जस्तो अवस्था नआउने दावि गर्नु भएको छ । उहाले विश्वमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०.१ प्रतिशतलाई मात्र संक्रमण देखिएको बताउनु भयो  ।

        अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उहाले दाबी गर्नु भयो ।  ‘अहिले टोलरछिमेकमा संक्रमण देखिँदै जाँदा आत्तिनु पर्दैन, अन्य देशको जस्तो हाम्रोमा संक्रमण फैलिन्न’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा। भान्देलारले भन्नु भयो  ‘समाजका सबै मानिस संक्रमित हुने होइनन् ।’

    आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उहाले बताउनु भयो  । उहाले भन्नु भयो  ‘पहिला विदेशबाट आउनेहरूमा संक्रमण थियो । अहिले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्छ, सोही कारण मृत्युदर बढ्नसक्छ ।’ नेपालमा भेटिएका अधिकांश संक्रमितमा मन्द लक्षण देखिएको र यो घातक नहुने उहाको कथन छ ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६