कपिलवस्तु १० भदौ । कपिलवस्तुमा वुधवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमितको संख्या १ हजार ७२ पुगेको छ । यता नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार चार सय १८ पुगेको छ । प्रतिशतका आधारमा हेर्दा नेपालभर कुल संक्रमितको ३ प्रतिशत हिस्सा कपिलवस्तुमा रहेको पाइएकोछ । बुधवार थप हुनेमा बुद्धभुमी नगरपालिकाका ४ जना रहेका छन् । वडा नं. ४ बुड्ढी क्वारेन्टाइनमा वसेका २ जनामा संक्रमण देखिएको छ । वडा नं. ९ बस्ने एनजिओमा कार्यरत र वडा नं. ७ का बुटवल वस्दै आएका १ जनामा कोरोना देखिएको हो । तौलिहवामा एक जना एनजिओको कर्मचारी रहेका छन् ।
यता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अस्पतालभित्रैका स्वास्थ्यकर्मी र कर्मचारी संक्रमितको संख्या १४ पुगेको छ । यता गएको २४ घण्टामा नेपलभर आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १९ हजार पाँच सय चार पुगेको छ ।
अब नेपालमा १४ हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ हजार आठ सय ३२ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पटक मोरङ र भक्तपुरका एकरएक, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाण्डौका एक र बाराका दुई जनाको ज्यान गएको हो ।
प्रतिक्रिया