ब्रेकिंग न्युज

प्रदेश ५ :२१४ स्वास्थ्यकर्मी संक्रमित,१०/१५ प्रतिशतमा लक्षण



बुटवल १२ भदौ । प्रदेश ५  मा कुल संक्रमित मध्ये १०/१५ प्रतिशतमा  लक्षण देखा परेको प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक मिडिया ब्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनु भएको छ । यता अहिले सम्म संक्रमितमध्ये २१४ जना स्वास्थ्यकर्मी रहेको वताउदै  अधिकांश स्वास्थ्यकर्मी संक्रमणमुक्त भइसकेको दावि गर्नु भयो । उहाले शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएको वताउनु भयो ।  ७२ जना संक्रमितमध्ये ३९ पुरुष र ३३ जना महिला रहेको जानकारी दिनु भयो ।

    उहाका अनुसार शुक्रबार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा ११ जना रहेका छन्।यो सँगै प्रदेश ५ मा संक्रमितको संख्या ६१०१ पुगेको छ। जसमध्ये १२९७ जना सक्रिय संक्रमित हुन्।  प्रदेश ५ मा ४७०३ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ। शुक्रबारसम्म प्रदेश ५ मा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये १६ जना आइसीयूमा छन् र तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ। २ जनाको अवस्था चिन्ताजनक छ।

    डा पौडेलका अनुसार बुटवलको कोरोना अस्पतालमा २० जना, भीम अस्पताल भैरहवामा १७ जना, सुशील कोइराला अस्पताल बाँकेमा ३१ जना र बेलझुण्डी दाङको अस्पतालमा ३६ जना संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ।  संक्रमण देखिएका ८७ जना अझैपनि क्‍वारेन्टिनमै रहेका छन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको डा पौडेलले बताए। प्रदेश ५ मा शुक्रबारसम्म १४७६ जना क्‍वारेन्टिनमै बसेका छन्। यस्तै प्रदेश ५ मा शुक्रबारसम्म ९७ हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार ६१९ जनाको नतिजा आएकोमा ६१०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    २९७२ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको छ। जसमध्ये राष्ट्रिय प्रयोगशाला काठमाडौंमा ३२०, भैरहवास्थित प्रादेशिक प्रयोगशालामा १२७८, भेरी अस्पताल बाँकेमा ६०६, राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङमा ५२२ र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४६ जनाको स्वाब परीक्षणको क्रममा रहेको पौडेलले वताउनु भयो । 

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६