अर्घाखाँची १७ भदौ । सर्पको टोकाई बाट अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं ९ ढिकुरा काफ्ले घैयाबारीका ४४ बर्षिय शेर बहादुर बिकको मृत्यु भएको छ । मृतक बिकलाई भदौ १२ गते घर नजिकै सल्लेरीवनमा सुतेको अवस्थामा बिहान सर्पले टोकेको थियो । तर सर्पले टोक्ने बित्तिकै सर्पदंश उपचार केन्द्रमा उपचार गर्न लैजानुको सट्टा झारफुक तथा घरायसी अौषधीको भरपर्दा बिकको ज्यान गएको स्थानिय मोति भट्टराईले जानकारी दिए ।
सर्पको टोकाईबाट बिकको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि पाँचदिन पछि मंगलबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्याईएको थियो । बिकको स्वास्थ्य अवस्था गम्भीर देखेपछी जिल्ला अस्पताल अर्घाखाँचीले बुटवल रिफर गरिदियो। बिकको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै ज्यान गएको जनाईएको छ । पाँच दिन सम्म सर्पले टोकेको बिरामीलाई अन्धविश्वासका कारण झारफुक र घरायसी अषधी गर्न थालेपछि समयमै उपचारका लागि अस्पताल नपुर्याउदा बिकको ज्यान गएको हो ।
दुई दिन अघि जिल्लाको शितगंगा ५ थारपाईला करापु निवासी २६ बर्षिय यम बहादु बेल्बासेको भदौ १४ गते सर्पको टोकाईबाट मृत्यु भएको थियो । बेल्बासेको पनि समयमा उपचार नपाउदा ज्यान गएको हो । बिकट क्षेत्रमा रहेका बेल्बासेलाई सर्पले डसेपछी गाडि नचलेपछी गाउमै झारफुक गर्दा समय बित्दै जाँदा स्वास्थ्य अवस्था नाजुक बनेपछि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया