प्रदेश

९६ बर्षिय बृद्धाले जितिन कोरोना,कपिलस्तुकी संक्रमित महिलाले जन्माइन बच्चा



  रुपन्देही २० भदौ  रुपन्देहीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर कोरोनामुक्त भएकी छन् । शुक्रबार उनलाई कोरोनामुक्त घोषणा गरिएको सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धीबहादुर घर्तीले बताए । वृद्धाको भदौ ४ गते स्वाब संकलन गरिएको थियो । भदौ ९ मा उनलाई कोरोना पुष्टि भएको थियो । स्वाब संकलन गरेको दिनबाट १४ दिन कटेको र कुनै लक्षण नदेखिएकाले शुक्रबार उनलाई कोरोना मुक्त घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुखले बताए ।

    डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार अब उनलाई ७ दिनको होम कोरेन्टाइनमा बसालिने छ । रुपन्देहीको भैरहवास्थित एक बैंकमा कार्यरत जेठा नातिमा साउन ३० मा कोरोना देखिएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनकी ९६ वर्षीय हजुरआमा र ५३ वर्षीया आमालाई पनि कोरोना देखिएको थियो । शुक्रबार तीनै जनालाई कोरोना मुक्त घोषणा गरिएको छ । वृद्धाका कान्छा नाति रोशन नेपालले वृद्धा हजुरआमासहित घरका ३ जना कोरोना संक्रमित भएपनि कसैबाट हेलाहोचोको व्यवहार नभएको बताए ।

    यता कपिलवस्तुकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उनले शुक्रबार शल्यक्रियाबाट बच्चा जन्माएकी हुन् । कपिलवस्तु नगरपालिका–२ की ३० वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको बताइएको छ । प्रादेशिक अस्पतालका सर्जन डाक्टर विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।

     शल्यक्रियामा नर्सिङ ईन्जार्ज ज्योति पौडेल, श्रृष्टि कोइराला, माधुरी ज्ञवालीलगायत नर्सिङ टोली संलग्न थिए । सुत्केरी आमा र बच्चाको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गर्ने जनाएको छ । लुम्विनी प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमित गर्भवती महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६