पर्यटन

प्रथम वार्षिक उत्सव मनाउदै मेचिकाली बुहारी संयुक्त आवाज



कपिलवस्तु २० भदौ । मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महिला तथा बालाबालिका हिंसा विरुद्धको हाम्रो अभियान मूल नारा बोकेको बुहारी संयुक्त आवाजले कोरोना महामारीको यो विषम परिस्थितीमा दुःखी, गरिब, असहाय, एकल महिला लगायत समस्या परेका भन्दै वाणगंगा नगरपालिकाको बैजलपुर र वडा नं ८ मा रहेका अति विपन्न, गरिव तथा एकल महिलाहरुलाई मास्क, साबुन, चामल, नुन, तेल, दाल, स्वाबिन, लगायतका राहत सामाग्री बितरण गरेको हो । 

    कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गुणानिधी भुसालले सासु र बुहारीको सम्बन्धलाई मुखरित गर्दै घर परिवारका सम्पूर्ण सदस्यहरुसँगको आवाजलाई बुहारी संयुक्त आवाजले उठान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य गीता भुसालले आज पनि समाजमा महिला, बालबालिका, सुरक्षित नभएको बताउँदै अब यस आवाजले जुनसुकै घटनाको विरुद्धमा कलम चलाउन सक्नुपर्ने बताउनुभयो । 

    यस्तै कार्यक्रममा महिला अधिकारकर्मी दिना सुवेदी(कमाल)ले पीडामा परेको परिवारलाई सानो सहयोगले मुहारमा हाँसो ल्याउन सफल भएको बताउदै एक वर्षको समयमा संस्थाले देशका हरेक कुनाका पिडितहरुको बुलन्द आवाज सुन्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता, उपाध्यक्ष सुष्मा खाँणको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सचिव अन्जु बन्जाडेले गर्नु भएको प्रेस सल्लाहकार भगवती न्यौपानेले जानकारी दिनुभयो । 

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६